×

NMB BANK
NIC ASIA

नेकपाभित्र एकीकरणको सकस

संयोजक बादलले पेश गरेको कागजलाई प्रतिवेदन मान्न सकिन्न : वेदुराम भुसाल [अन्तर्वार्ता]

'मलाई जिम्मेवारी दिने हो भने एक दिनमा काम सक्दिन्छु'

माघ २५, २०७५

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरणका विषयमा विभिन्न प्रस्तावहरूमाथि छलफल गरेर निष्कर्ष निकाल्न गठन गरेको कार्यदलको समयसीमा नाघिसकेको छ । गृहमन्त्री समेत रहेका रामबहादुर थापा 'बादल' संयोजक रहेको उक्त कार्यदलमा महासचिव विष्णु पौडेलका साथै स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, वेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुवीर महासेठ छन् । 

Muktinath Bank

जम्माजम्मी छ पटक मात्र बैठक बसेको उक्त कार्यदलले काम गर्न नसकेको भनी विश्लेषण भइरहेका बेला कार्यदलका सदस्यहरू भने संयोजक थापाले बैठक नबोलाएको र छलफलका विषयमै प्रवेश गर्न नै नचाहेको आरोप लगाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार बसेको सचिवालय बैठकले प्रतिवेदन मागेपछि बुधबार कार्यदलका केही सदस्यले संयोजक समेत रहेका बादललाई भेटेर बैठक बोलाउन दबाब दिएका थिए । त्यसपछि संयोजक बादलले बिहीवार बैठक बोलाए । तर बैठकमा संयोजकले अचानक छुट्टै प्रतिवेदन पेश गरेपछि विवाद झनै लम्बिएको छ । यिनै विषयमा लोकान्तरकर्मी ईश्वर अर्यालले कार्यदल सदस्य वेदुराम भुसालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : 


Advertisment
Nabil box
Kumari

कार्यदलले कामै गर्न सकेन भन्ने आरोप लागेको छ । काम गर्न तपाईंहरूलाई के कुराले रोक्यो ?

Vianet communication

जति विषय कार्यदललाई दिइएको हो, त्यसमा छलफल नै भएको छैन अनि कसरी काम हुन्छ ? छलफल गर्नका लागि बैठक बोलाउनु पर्योफ । छलफलका विषयहरूमा प्रवेश गर्नुपर्‍यो । 

बिहीवारको बैठकमा संयोजक रामबहादुर थापा 'बादल'ले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो ?

उहाँले ल्याउनुभएको कुनै प्रतिवेदन होइन, त्यसमा त्यस्तो केही छैन । उहाँले ल्याउनुभएको प्रतिवेदनमा के छ, के छैन भन्ने कुरा ठूलो हुँदै होइन । मुख्य कुरा त कार्यदललाई काम गर्न नदिने, बैठक नबोलाउने अनि छुट्टै कागज ल्याएर हामीले त्यसलाई प्रतिवेदनको रूपमा मनिदिनुपर्ने पनि हुन्छ ? त्यो उहाँहरूको व्यक्तिगत धारणा हो ।

उहाँहरू भनेको को को ?

संयोजक र महासचिव । बैठक बोलाएर बैठक नै चल्न नसकेको भए पो काम गर्न नसकेको भन्ने हुन्छ, बैठक बसेकै छैन । हुनुपर्ने विषयमा छलफल नै भएको छैन अनि कार्यदलले काम गर्न सकेन भन्ने आरोप लगाउनु भएन नि ! छ्लफल नै नभएको विषयमा प्रतिवेदन कसरी ल्याउने ? हामीले त बैठक गरौं, छलफल गरौं भनेकै छौं ।

जम्मा कतिपटक बैठक बस्यो ?

जम्माजम्मी ७ पटक बैठक बस्यो, तर हिजोको बैठकचाहिँ विषयसित सम्बन्धित भएन । हिजो हामीले छलफल गर्न सकेनौं, त्यसैले यही प्रतिवेदन पठाउनुपर्छ भनेर बादलले एउटा प्रतिवेदन जस्तो ल्याउनु भयो । हामीले त्यसलाई प्रतिवेदन भन्दा पनि उहाँको एउटा सामान्य धारणाको रूपमा लिएका छौं । हामीले तपाईंको धारणालाई हेर्न त हेरौंला तर यसलाई साझा प्रतिवेदन मान्न तयार छैनौं, भन्यौं ।

सोमबार बसेको सचिवालय बैठकले तपाईंहरूलाई एक दिनभित्र प्रतिवेदन तयार गरेर ल्याउनुस् भन्ने निर्देशन दिएको थियो नि त !

अस्ति बसेको सचिवालय बैठकले हामीलाई एक दिनको समय दिएर प्रतिवेदन बुझाउनु भनेर निर्णय गरेको होइन । कुन-कुन विषयमा छलफल भयो, कुन-कुन विषय मिल्यो र कुन-कुन विषय मिल्न बाँकी छ, त्यसको जानकारी माग गरेको हो । प्रवक्ताले सञ्चारमाध्यमसँग एक दिनभित्र प्रतिवेदन नै माग गरेको भनी भन्दिनुभएछ भन्ने कुरा भएको थियो बैठकमा । प्रतिवेदन नै मागेको भए पनि त्यसरी माग्ने होइन नि त ! के कसरी काम भएको छ, कस्तो प्रगति भएको छ, त्यसको जानकारी माग्ने हो । थप काम कहिले र कति समय सम्ममा गर्न सक्छौ, गर भन्ने पो हो । 

हिजोको बैठकमा संयोजकले अकस्मात ल्याउनुभएको प्रतिवेदनमा कार्यदलका सदस्यहरूको राय के छ ?

हिजोको बैठकमा उहाँहरूले जे धारणा ल्याउनुभएको छ, त्यसमा संयोजक बादल र महासचिव विष्णु पौडेलको एक धारणा छ भने बाँकी कार्यदलका सदस्यहरूको धारणा अलग छ । कार्य प्रगति पठाउने विषयमा हामी तयार छौं, तर उहाँहरूले मात्र तयार पारेको दस्तावेज पठाउने विषयमा हामी सहमत छैनौं । 

कार्यदलको म्यान्डेट के थियो ?

जम्मा जम्मी ११ वटा विषयमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने थियो, हामीले । २ वटा विषयमा हामीले छलफल गरेका छौं, ती मध्ये पार्टीको विधानका बारेमा छलफल गरेर निष्कर्ष निकालेका थियौं । प्रदेश कमिटीको विषयमा हामी छलफलमै थियौं । ९ वटा विषय त त्यत्तिकै बाँकी छन्, छलफल नै भएको छैन । 

ती नौवटा बाँकी विषयहरू के-के थिए ?

एउटा विधानसँग सम्बन्धित थियो, जसलाई हामीले छलफल गरेर निष्कर्ष निकालेका छौं । दोस्रो, प्रदेश कमिटीको विषयमा छलफल चलिरहेको थियो, त्यसमा हामीले निष्कर्ष निकालेका थिएनौं, त्यो छलफलकै क्रममा छ । 

बाँकीमध्ये पोलिटब्यूरोको गठनका बारेमा छलफल नै भएको छैन । केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनमा हामी प्रवेश नै गरेका छैनौं । ३ वटा केन्द्रीय आयोग (अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग)को गठन गर्ने सम्बन्धी विषय अर्को थियो । केन्द्रीय सल्लाहाकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको गठन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुन पाएन ।

छलफल हुन नपाएका अन्य विषयमा राष्ट्रिय परिषद्‍मा मनोनित गर्न सदस्यहरूको सूची बनाउने कुरा थियो, त्यसपछि विशेष प्रदेश कमिटी बनाउने भन्ने कुरा छ । त्यसलाई विधानमा व्यवस्था गर्ने भन्ने निर्णय हामीले गर्यौं, तर त्यसको मापदण्ड के हुने, संख्या कति हुने भन्ने टुंगो लागेको छैन ।

त्यसपछि जिल्ला मातहतका कमिटीहरूको एकीकरणसम्बन्धी विषय थियो, अनि जनवर्गीय संगठनहरूको एकीकरणसम्बन्धी विषय थियो । प्रवासका कमिटीहरू, जनसम्पर्क मञ्चहरू यिनीहरूको पनि एकीकरण गर्ने विषय थियो, त्यसको प्रस्ताव बनाउनु पर्ने थियो । केन्द्रीय विभागहरूको पनि छलफल गर्ने कुरा थियो, यी विषयमा हामी जम्मा दुईवटामा मात्र छलफल गर्यौं र एउटामा निष्कर्षमा पुग्यौं । छलफल त गर्न पाउनुपर्यो  नि ! यत्तिकै कार्यदलले काम गरेन भनेर हुन्छ ? 

त्यसका लागि अझै कति समय लाग्ला ?

समय त मलाई जिम्मेवारी दिने हो भने एक दिनमा सक्दिन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x