×

NMB BANK
NIC ASIA

चरम लापरवाही

विकासमा खेलवाड : गुणस्तर जाँच विनै धमाधम निर्माण, प्रयोगशाला प्रयोगविहीन

फागुन ११, २०७५

NTC
Premier Steels

धनगढी – जिल्ला समन्वय समिति कैलालीमा स्थापना गरिएको निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला प्रयोगविहीन बनेको छ ।

Muktinath Bank

हाल पूर्वाधार विकास कार्यालय कैलाली मातहत रहेको करोडौं बजेटमा स्थापना गरिएको प्रयोगशाला प्रयोगविहीन भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वाधार निर्माण गर्दा माटो, गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको गुणस्तर अनिवार्य जाँच गर्नुपर्ने हुन्छ । तर प्रयोगशाला हुँदाहुँदै पनि जिल्लामा विना जाँच विभिन्न संरचनाहरू धमाधम निर्माण भइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला समन्वय समिति कैलालीका निमित्त अधिकृत योगेन्द्र ओझाका अनुसार २०६१ सालमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रित परियोजना (आरएआईडीपी) र राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी)को सहयोगमा प्रयोगशाला निर्माण गरिएको थियो । तर प्रयोगशाला सञ्चालनको जिम्मेवारी हेरफेर र कर्मचारी अभावले प्रयोगशाला प्रयोगविहीन बनेको उनले जानकारी दिए । 

Vianet communication

प्रयोगशालामा गिट्टीको क्षमता जाँच्ने, गिट्टीको भार थाम्ने क्षमता, गिट्टीको क्रसिङ भ्यालु, माटोको प्लास्टिसिटी र ढलानमा प्रयोग हुने मसलाको ‘कम्प्रिहेन्सिभ स्ट्रेन्थ टेस्ट’ गर्न सकिने निमित्त अधिकृत ओझाले बताए । पक्की पुल, ठूला भवन निर्माण, कालोपत्रे, सडक ग्राभेल गर्दा यसमा लाग्ने सामग्रीको गुणस्तर मापन गरिन्छ ।

निर्माण आयोजनालाई निर्माण सामग्री जाँच गर्नुपर्ने अनिवार्य गरेमा काम पनि गुणस्तरीय हुने र राजस्व पनि उठ्ने निमित्त अधिकृत ओझाले बताए । तर प्रयोगशाला नै प्रयोगविहीन बनेपछि निर्माण भइरहेका आयोजनाको गुणस्तर मापन पनि नभएको र प्रयोगशाला सेवाबाट आउने सम्भावित राजस्व पनि उठ्न छोडेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य पूर्णा जोशीले भौतिक पूर्वाधारको गुणस्तर अनुगमनका लागि आवश्यक व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई लेखि पठाएको र यस्ता प्रयोगशाला सञ्चालनमा आउनुपर्ने बताइन् ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले प्रयोगशाला सञ्चालनको तयारीमा रहेको जानकारी दिए । प्रयोगशाला कार्यविधि बनाइसकेकोले केही समयभित्रै आवश्यक जनशक्तिसहित प्रयोगशाला सञ्चालनको तयारीमा रहेको सभापति थापाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x