×

NMB BANK
NIC ASIA

परीक्षाको मर्यादामा प्रश्न

एसईई परीक्षा स्थगनको कदम : ‘सुरक्षा संयन्त्र’ले अपराध गर्दा विद्यार्थीलाई सजाय !

चैत १६, २०७५

NTC
Premier Steels

जनकपुरधाम – माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र छपाइदेखि परीक्षा सञ्चालनसम्म सुरक्षा संयन्त्रको प्रत्यक्ष निगरानी र घेरा हुन्छ । परीक्षा शुरू हुनुभन्दा १५ मिनेटअघि मात्रै सुरक्षाकर्मीले निगरानीमा केन्द्राध्यक्षले प्रश्नपत्रको पोको खोल्छन् ।

Muktinath Bank

तर यसपालि २ नम्बर प्रदेशमा परीक्षा हुनु १ दिनअघि नै प्रश्नपत्र बाहिरिए । गोप्य रहनुपर्ने प्रश्नपत्र बाहिरिएपछि सरकारले शुक्रवार बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । तर कडा सुरक्षा घेरामा रहने प्रश्नपत्र कसरी बाहिरिए ? सरकारदेखि सर्वसाधारण र विद्यार्थीले यसै प्रश्नको जवाफ खोजिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारको अनुरोधमा संघीय सरकारले बाँकी परीक्षा स्थगित गरेको छ । अर्काे मिति निर्धारण भएपछि स्थगित भएका परीक्षा सञ्चालन हुनेछन् । तर परीक्षाको पर्याप्त तयारी गरेका विद्यार्थीमा परीक्षा निश्चिय हुँदा मानसिक तनाव र मनोविज्ञानमा नराम्रो असर गरेको छ ।


Advertisment
Nabil box
Kumari

परीक्षा स्थगन भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रश्नपत्र बाहिरिने भूमिकालाई ‘अपराध’ भएको बताए । सुरक्षा संयन्त्रको घेराभित्र रहने प्रश्नपत्र १ दिनअघि नै बाहिरिँदा सुरक्षा संयन्त्र भित्रैबाट अपराध भएको सहजै अनुमान गर्न सकिन्छ । तर सुरक्षा संयन्त्रबाट भएको अपराधको सजाय विद्यार्थीले मानसिक तनावमा परेर भोगिरहेका छन् ।

Vianet communication

शिक्षामन्त्रीले परीक्षा स्थगित भएको शुक्रवार साँझै सार्वजनिक गरेका भएपनि विद्यार्थी शनिवार बिहान परीक्षा केन्द्रमा पुगेका थिए । परीक्षा सञ्चालन नभएपछि विद्यार्थी घर फर्किए । जनकपुर उपमहानगरपालिकास्थित अरनिको बोर्डिङ स्कूलका विद्यार्थी विद्यासागर झाले कुनै १ व्यक्तिले त्रुटि गर्दा सबै विद्यार्थीलाई सजाय दिइएको बताए ।

‘प्रश्नपत्र कुनै १ व्यक्तिले आउट गरेको होला, त्यसलाई पो कारवाही गर्ने हो । हाम्रो त के दोष छ र ? सबै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरियो,’ उनले भने, ‘हाम्रो भविष्यसँग खेलवाड गर्ने काम कुनै पनि सरकारले गर्नुभएन नि !’

यसअघि सामाजिक विषयको परीक्षा स्थगित भएपछि पनि प्रदेशका ८ वटै जिल्लाका विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए । शनिवार समेत आक्रोशित विद्यार्थीले २ नम्बर प्रदेशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
प्रश्नपत्र बाहिरिएपछि चैत २१ गतेसम्मका लागि प्रदेशको एसईई परीक्षा स्थगित गर्न संघीय सरकारका शिक्षामन्त्रीलाई आग्रह गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री नबलकिशोर साहले लोकान्तरलाई बताए ।

‘हाम्रो अनुरोधमा उहाँले बैठक बसेर परीक्षा स्थगित गर्नुभयो,’ उनले भने । शुरूमा रद्द भएर चैत २२ गते हुने विज्ञान विषयको परीक्षादेखि नै अन्य बाँकी विषयको पनि परीक्षालाई निरन्तरता दिन सकिने उनले बताए । अनिवार्य अंग्रेजी, नेपाली र गणित विषयको परीक्षा भइसकेको छ भने विज्ञान र सामाजिकसहित बाँकी अन्य विषयको परीक्षा गर्नुपर्ने भएको छ । ‘बाँकी विषयको कार्यक्रमसहित परीक्षा तालिका छिट्टै सार्वजनिक हुनेछ,’ मन्त्री साहले भने ।

प्रश्नपत्र बाहिरिनुमा को जिम्मेवार ?

परीक्षालाई मर्यादित बनाउन शिक्षा क्षेत्रका अधिकारी, शिक्षक, सुरक्षाकर्मी, प्रशासनका प्रशासकहरू परीक्षा केन्द्रमा खटिएका हुन्छन् । तर परीक्षा केन्द्रमा प्रश्नपत्र पुग्नुअघि नै बाहिरिएपछि सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा भएको छ । स्थगित भएको एसईई परीक्षा संघीय सरकारले लिइरहेको थियो । प्रदेश सरकार र स्थानीय सरकारले सहयोग र सामान्य व्यवस्थापनको जिम्मेवारी लिएका थिए ।

प्रदेशमा भइरहेको परीक्षाका लागि प्रश्नपत्र छाप्नेदेखि परीक्षाको नियन्त्रण गर्ने सबै काम संघीय सरकार मातहत रहेको भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले गरिरहेको राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रमुख चुडामणि फुयालले बताए । उनका अनुसार सेना र प्रहरी सहितको उपस्थितिमा कडा सुरक्षा र गोपनीयताबीच जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छाप्ने काम भएको थियो ।

छापिएको प्रश्नपत्र परीक्षा हुनुभन्दा १५ दिनअघि सबै जिल्लास्थित परीक्षा समन्वय समितिको जिम्मा लगाइन्छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय जनकपुरका प्रमुख बल्खुप्रसाद रजकका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुखदेखि विभिन्न सुरक्षा निकायका जिल्ला प्रमुख समेतको सहभागितामा परीक्षा समन्वय समिति बनेको हुन्छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लामा आएका प्रश्नपत्र जिल्लाको प्रहरी कार्यालयमा राख्ने गरिन्छ ।

जिल्लामा आएको शिलबन्दी प्रश्नपत्र परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्र परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा लगिन्छ । परीक्षा हुने दिन केन्द्राध्यक्षले प्रहरी कार्यालयमा पुगेर आफ्नो परीक्षा केन्द्रको लागि खाममा शिलबन्दी गरिएको प्रश्नपत्रको पोका प्रहरीकै रोहबरमा प्रहरीसँगै लिएर परीक्षा केन्द्रमा लिएर आउने गर्छन् । 

नेपाल शिक्षक संघ २ नम्बर प्रदेशका अध्यक्ष मेघनाथ यादवका अनुसार परीक्षा शुरू हुनुभन्दा १५ मिनेटअघि मात्र केन्द्राध्यक्षले प्रश्नपत्रको पोका खोल्छन् । त्यो पनि परीक्षा केन्द्रमा खटिएको सुरक्षाकर्मीको निगरानीमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र परीक्षा नियन्त्रण कार्यालय वा अन्य बोर्डबाट खटिएको कर्मचारीको रोहवरमा मात्र प्रश्नपत्र खोलिन्छ । परीक्षामा कति जना परीक्षार्थी छन्, त्यसका लागि प्रश्नपत्र गन्न र कोठा कोठामा भएको सिट प्लानिङ अनुसार प्रश्नपत्र वितरण गर्नका लागि मात्र परीक्षा शुरू हुनुभन्दा १५ मिनेट पहिले प्रश्नपत्र खोल्ने गरिएको शिक्षक नेता यादवले बताए ।

‘विगतमा पनि परीक्षा हुँदा प्रश्नपत्र आउट हुन्थ्यो । तर परीक्षा शुरू भएको आधा घण्टापछि कुनै विद्यार्थी वा निरीक्षकले नै प्रश्नपत्र आउट गर्ने गर्थ्यो,’ शिक्षक नेता यादवले भने, ‘तर परीक्षा शुरू हुनुभन्दा १ दिनअघि नै प्रश्नपत्र आउट हुनु भनेको ठूलै षड्यन्त्र मात्र होइन, सुरक्षा संयन्त्रमाथि पनि ठूलो प्रश्न चिह्न हो ।’

सामाजिक विकास मन्त्री साहले भने, ‘विज्ञान विषयपछि जसरी अर्को दिन सामाजिक विषय र त्यसपछि शृंखलावद्ध रुपमा प्रश्नपत्र आउट भयो, त्यो गम्भीर बिषय थियो ।’ प्रदेश सरकारले आफ्नो छानबिनमा कहीँ पनि त्रुटि फेला नपारेपछि प्रदेश सरकारलाई बद्नाम गर्न नै शृंखलाबद्ध रुपमा एकपछि अर्को विषयको प्रश्नपत्र आउट गरिएकाले त्यसमा संघीय सरकार नै जिम्मेवार रहेको मन्त्री साहले बताए । जारी परीक्षामा प्रदेश सरकारले प्रश्नपत्र सम्बन्धी कुनै पनि काम गरेको छैन ।

उत्तर पुस्तिका छपाउने, केन्द्राध्यक्षदेखि निरीक्षकसम्म पारिश्रमिक दिने काम तथा परीक्षालाई मर्यादित बनाउने काम मात्र प्रदेशले गरेको मन्त्री साहले बताए । ‘उत्तर पुस्तिका छाप्नका लागि प्रदेश सरकारको आफ्नो छापाखाना नभएकाले संघीय सरकारको छापाखाना जनक शिक्षा सामग्री केन्द्रमा उत्तर पुस्तिका छपायौं,’ मन्त्री साहले थपे, ‘संघीय सरकारले दिएको बजेट अनुसार रकम निकालेर केन्द्राध्यक्षदेखि निरीक्षकसम्मको पारिश्रमिक बैंक खाताबाट झिकेर दिने काम गर्यौं ।’ प्रश्नपत्र बाहिरिएको विषयमा सबै दोष र जिम्मेवारी संघीय सरकारले लिनुपर्ने मन्त्री साहले बताए ।

छानबिन शुरू

प्रदेशमा प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीले छानबिन शुरू गरेको छ । त्यसका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेत आइसकेको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।

प्रहरी नायव महानिरीक्षक पालका अनुसार सीआईबीको टोली शुक्रवार राति नै आइसकेको छ । प्रदेश प्रहरी, ८ वटै जिल्लाका प्रहरीको टोली र सीआईबीको संयुक्त टोलीले छानबिन शुरू गरेको पालले बताए ।

शुरूमा सप्तरीबाट प्रश्नपत्र बाहिरिएको भनिएकाले पहिले सप्तरीबाट नै अनुसन्धान शुरू भएको उनले बताए । तर त्यसअघि शुक्रवार नै सबै जिल्लाका शिक्षा अधिकारीदण्ेखि सबै प्रहरी उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीले आन्तरिक बुझ्ने काम गर्दा कहीँ पनि त्रुटि भने फेला नपरेको उनले बताए ।

‘जुन–जुन स्थानमा प्रश्नपत्र राखिएको थियो, त्यो सबै ठाउँमा चेक गर्दा सबै दुरुस्त नै रहेको पाइयो,’ डीआईजी पालले भने, ‘तर पनि हाम्रो संयुक्त टोलीले विज्ञ समेतलाई राखेर छानबिन शुरू गरेका छौं ।’ छानबिन टोलीले छानबिन गरेपछि मात्र सत्यतथ्य बाहिर आउने उनले बताए । 

परीक्षा स्थगित भएपछि प्रदेशका २ सय ६२ परीक्षा केन्द्रका ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x