विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद वस्तु फेला

वीरेन्द्रनगर– सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । 

इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ ।


Advertisement

नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको मेहेलकुना प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक सर्वजित बलेली मगरले जानकारी दिए । 

उनकाअनुसार उक्त वस्तु पहिचान भने हुन सकेको छैन ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्