×

NMB BANK
NIC ASIA

स्कूलमा बीपी कोइरालाबारे पढाइने, स्थानीय तहमा पाठ्यक्रम तयार

चैत २७, २०७५

NTC
Premier Steels

काठमाडौं – शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ ।

Muktinath Bank

नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुंगानाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको नगरपालिकाले जनाएको छ । पाठ्यक्रममा नगरपालिकाको भौगोलिक तथा प्राकृतिकस्वरुपको पहिचान, नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको जानकारी, स्थानीय जात्रा, चाडपर्व, मेला, स्थानीय तहमा सञ्चालित उद्योगधन्दा, पेशा व्यवसायको परिचयलगायत विषयवस्तु समावेश गरिएको स्थानीय विषयको पाठ्यक्रम निर्माण समितिका संयोजक कृष्णप्रसाद नेपालले बताए ।


Advertisment
Nabil box
Kumari

राजधानीको उत्तरपूर्वी भागमा रहेको नगरपालिकामा ऐतिहासिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको केही क्षेत्र, सुन्दरीजल, तारेभीर जस्ता मनमोहक पर्यटकीय क्षेत्र छन् । वाग्मती नदीको मुहान बागद्वार, गोकर्णेश्वर महादेव मन्दिर पनि यसै नगरपालिकामा रहेको छ । उपत्यकाको सभ्यताको स्रोतका रुपमा बग्ने वाग्मतीको शिरोभाग गोकर्णेश्वर नगरक्षेत्र भएर पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रवेश हुन्छ ।

Vianet communication

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई करीब १० वर्ष बन्दी बनाइएको सुन्दरीजल बन्दीगृह हालको बीपी संग्रहालय पनि नगरपालिकाको वडा नम्बर १ वडामा पर्छ । नेपाली साहित्य क्षेत्रमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तन गर्ने कथाकारका रुपमा चर्चित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चश्मा कथा संग्रह बाहेकका सबै साहित्यिक कृतिको रचना बन्दीगृहमै भएको हो । संग्रहालयका रुपमा परिणत गरेपछि यसलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गर्न लागिएको छ । 

प्रगतिशील साहित्यकार विकलको जन्मस्थान समेत यसै नगरपालिका– ९ स्थित आरुबारीमा पर्छ । हाल उनको जन्मघरमा विकल साहित्य प्रतिष्ठान र संग्रहालय निर्माण गरिएको छ । विक्रम संवत् २००७ मा प्रजातन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्नेदेखि तराई–मधेश आन्दोलसम्मको परिवर्तनका लागि योगदान गरी सरकारले शहीद घोषणा गरेकाको स्मृतिमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारक (पार्क) का विषय पनि पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

यसैगरी योग अभ्यासको विषय पनि पाठ्यक्रममा समावेश गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको उपत्यका प्रवेशद्वार, पानी सञ्चय गरी प्रशोधन गर्ने अत्याधुनिक पोखरी जस्ता महत्त्वपूर्ण धरोहर पनि यहीँ छन् । यहाँको धार्मिक धरोहर, कला संस्कृति र सभ्यता, सामाजिक मूल्यमान्यता आधुनिक विकासले ओझेलमा पार्दै जान थालेका थिए । 

पश्चिमा सभ्यता र संस्कृतिले यहाँका मौलिकतालाई पाखा लगाउँदै जान थालेकामा आधारभूत तहकै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन शुरु गरेपछि संरक्षण हुने विश्वास लिइएको छ । नगरपालिकाभित्र बस्ने नागरिकलाई गोकर्णकै परिचय नहुने अवस्था सिर्जना हुन थालिसकेकाले यहाँको मौलिक र संस्कृतिक धरोहरलाई भोलिका पुस्ताले इतिहासका पानामा खोज्नुपर्ने अवस्था आउन नदिन आधारभूत तह (कक्षा १ देखि ८) को पाठ्यक्रमले भूमिका खेल्ने उनको विश्वास छ ।  

‘मौलिकता, कला, धर्म, भाषा ,संस्कृति, भौगोलिक तथा प्राकृतिक पहिचान गराउँदै आफ्नोपन, सामाजिक मूल्य मान्यताको संरक्षण र संवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यबाट प्रेरित भई स्थानीय विषयको आधारभूत तह (कक्षा १–८) को पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक निर्माण गरिएको छ, जुन आगामी वैशाखदेखि शुरू हुने शैक्षिक सत्रदेखि नै लागू हुँदैछ,’ संयोजक नेपालले भने । 

पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम पारुप २०६३ तथा आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम २०६९ मा गरिएको व्यवस्थाको अधिनमा रही तयार पारिएको जनाइएको छ । यसमा १०० पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने भनी व्यवस्था गरिएको छ । 

यसैलाई आधार मानी यो पाठ्यक्रम तयार पारिएको समितिले जनाएको छ । गत मंसिरदेखि विभिन्न चरण पूरा गरी पाठ्यक्रम निर्माण गरिएको हो । यसक्रममा सांसद कृष्ण राई, नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत शिक्षाविद् रहेको सल्लाहकार समितिको पनि सुझाव लिइएको समिति सदस्य दीपकसिंह भण्डारीले बताए ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवीहरुको भेला बोलाई प्रस्तुत मस्यौदामाथि समूहगत रुपमा छलफल गराई सुझाव संकलन गरिएको थियो । प्राप्त सुझाव समेतका आधारमा परिमार्जन गरी पाठ्यक्रम विकास केन्द«का विज्ञसँग पनि परामर्श गरी यसलाई अन्तिमरुप दिइएको हो ।  

स्थानीय विषयको पाठ्यक्रमलाई ३ खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा पाठ्यक्रमका सैद्धान्तिक पक्ष छ । सैद्धान्तिक पक्षका लागि पूर्णांक ५० र प्रयोगात्मक पक्षका लागि पूर्णांक ५० निर्धारण गरिएको जनाइएको छ । पूर्णप्रसाद मिश्र/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x