×

NMB BANK
NIC ASIA

श्रमिकलाई थाहा छैन श्रमिक दिवस ! मजदुर भन्छन् – केको श्रमिक दिवस ?

बैशाख १८, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पोखरा – औद्योगिक क्षेत्र पोखराको गण्डकी नूडल्स्मा काम गर्ने श्रमिक रमाकान्त शर्मालाई मजदुर दिवसबारे थाहा छैन ।

Muktinath Bank

२ वर्षदेखि नूडल्समा काम गर्दै आएका शर्माले मासिक ज्यालादारीमा काम गर्दै आएको बताए । ‘वर्षाैदेखि श्रमिकारुपमा काम गरियो, मजदुरका हक अधिकारका कुरा गर्छन् तर पाउने केही हैन,’ उनले भने, ‘दिनरात काम नगरी आफूलाई हातमुख जोड्नु छैन । केको श्रमिक दिवस ? नेतागिरी गर्नेलाई होला नि श्रमिक दिवस । हामीलाई काम नगरी उद्योगले तलब दिँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर विभिन्न संघसंस्था र राजनीतिक संघसंगठनले बुधवार १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदैछन् । मजदुर दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ । हरेक वर्ष मे १ तारिखमा मजदुर दिवस मनाउने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

शर्माले बालबच्चाको लालनपालन र शिक्षादीक्षाको लागि उद्योगमा दिनरात काम गर्दै आएको बताए । ‘बालबच्चाको शिक्षा र लालनपालनको लागि काम गर्दै आएको छु,’ उनले भने, ‘दिनरात गरी १४ घण्टा काम गर्दै आएको छु ।’

Vianet communication

मजदुरको हितका लागि भनेर जारी भएको श्रम ऐन र सामाजिक सुरक्षा ऐन लगायतका कानूनको कार्यान्वयमा सरकार असफल भएको नेपाल ट्रेड युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारी बताउँछन् । ‘ठूलो आन्दोलन र दबाबपछि जारी भएको ऐन कानूनको कार्यान्वयनमा सरकार असफल भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीद्वारा निकै तामझाम गरेर सार्वजनिक गरेको सुरक्षा ऐनलाई समेत लागू गर्न सरकारले आँट देखाएन ।’

राजनैतिक माग पूरा भएपछि मजदुरको माग पूरा हुने आशमा पटक–पटकको आन्दोलनमा होमिएका मजदुरप्रति राजनैतिक पार्टीले बेइमानी गरेको भण्डारीले आरोप लगाए । ‘राजनैतिक माग पूरा भएपछि मजदुरको माग पूरा गर्नेतर्फ लाग्लान् भने आशमा आन्दोलनमा सरिक भइयो,’ उनले भने, ‘तर राजनैतिक आन्दोलन टुंगिएपनि मजदुरको समस्यालाई वास्ता गरिएन ।’

राजनीतिक दलले श्रमिक अधिकारका लागि जति नै चर्का भाषण छाटेपनि वास्तविकरुपमा मजदुरको अवस्थामा सुधार आउन नसकेको नेपाल कारखाना श्रमिक संघका पूर्व उपमहासचिब धनप्रसाद शर्मा बताउँछन् । ‘सुधारै नआएको होइन तर वास्तविकरुपमा जति हकअधिकार पाउनुपर्थ्यो त्यसो हुन सकेन,’ उनले भने,’ ‘राजनीतिक दलले मजदुरलाई जुनरुपमा प्रयोग गरे, त्यस अनुसारको उपलब्धि हुन सकेन । पहिलेको अवस्थामा सामान्य सुधारबाहेक केही भएन ।’

श्रमिकका माग लिएर आन्दोलनमा उत्रिएका मजदुर राजनीतिक शर्तमा आन्दोलन रोक्न बाध्य हुनपर्ने अवस्था रहेको उनी बताउँछन् । राजनीति मजदुरसँग जोडिएको विषय भएकाले मजदुरले आफ्ना माग पूरा नगरी आन्दोलन गर्नुपर्ने बाध्यता रहने शर्माले बताए । सबै क्षेत्रका मजदुरले समयअनुसार सेवा शुल्क नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

सरकारले श्रमिकका हकहितका लागि बनाएका ऐन नियममा रोजगारदाता कम्पनीले लोकप्रियता कमाउन सहमति जनाउने गरेको उनी बताउँछन् । श्रम ऐन २०७४, श्रम नियमावली २०७५ मा सरकारले निधारण गरेको सेवा सुविधा नपाएको गुनासो श्रमिकको छ । श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचार लगायतको व्यवस्था छ ।

एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तिमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलब वृद्धि पाउने ऐनमा उल्लेख छ । आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाई आएको १ महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।

श्रम नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करार लगायतको व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x