×

NMB BANK
NIC ASIA

सुदूरपश्चिमका विद्यालय भवन निर्माण अलपत्र, 'कमिसनको लोभ'मा शिक्षाका कर्मचारी !

मिति उल्लेख नभएको चेक, विद्यालयका खाता व्यापारीहरूको निगरानीमा !

जेठ १२, २०७६

NTC
Premier Steels

धनगढी –आर्थिक वर्ष सकिनै लाग्दा समेत निर्माण सामग्री उपलब्ध नहुँदा सुदूरपश्चिम प्रदेशका अधिकांश विद्यालयका भवन निर्माण कार्य अलपत्र परेको छ ।

Muktinath Bank

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीहरूले तोकेका सप्लायर्सले रकम निकासा लिएर पनि निर्माण सामग्री ढुवानी नगर्दा विद्यालय भवन निर्माण कार्य अलपत्र परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशस्थित विभिन्न विद्यालयका भवन निर्माणका लागि करोडौं बजेट विनियोजन भएको छ । तर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीहरूले आफू निकटकै व्यापारी तथा सप्लायर्सबाटै निर्माण सामग्री खरिद गर्न भनी अघोषित सिन्डिकेट लादेर सम्झौता गराइएपछि विभिन्न सामुदायिक विद्यालय अप्ठ्यारोमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीस्थित अपरम्पार आधारभूत विद्यालय भवनका लागि ट्रस कर्कट पाताको छानोसहित २ कोठे पक्की भवन निर्माण गर्न प्रदेश सरकारले १६ लाख बजेट विनियोजन गरेको छ । तर बजेट कार्यान्वयनको अख्तियारी पाएको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीहरूले धनगढीस्थित घटाल मेटल उद्योगबाटै विद्यालय भवनको ट्रस, ग्यालबलाइजसहितका निर्माण सामग्री खरिद गर्न सम्झौता गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार चौधरी बताए । 

Vianet communication

सम्झौतालगत्तै सो घटाल मेटल उद्योगले विद्यालयको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकको ४ लाख रुपैयाँको चेक मिति उल्लेख नगरी काट्न लगाएको पाइएको छ । हाल सो विद्यालयको खातामा आएको पहिलो पेश्की रकम समेत झिकिसकेको स्रोतको दाबी छ । तर कति रकम पहिलो पेश्की स्वरूपको रकम खातामा आयो ? सो बारेमा आफूहरूलाई जानकारी नभएको विद्यालयका प्रअ रामकृष्ण महतोले अविज्ञता प्रकट गरे ।

अपरम्पार आधारभूत विद्यालय मात्रै होइन, जिल्लाका २२ विद्यालयको सम्झौता समेत घटाल मेटल उद्योगबीच भएको स्रोतको दाबी छ । यतिमात्रै होइन सुदूरपश्चिमका अन्य जिल्लास्थित अधिकांश विद्यालयको सम्झौता पनि घटाल मेटल उद्योगसँगै गराएको पाइएको छ । तर पेश्की रकम लिएर पनि सो उद्योगले निर्माण सामग्री वितरण नगरेपछि विद्यालय भवन निर्माण अलपत्र बनेको हो ।

डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिका ३ स्थित हरयाली प्राविका अध्यक्ष कर्णबहादुर बोहराले विद्यालय भवन निर्माण सामग्रीको चक्करमा एक हप्तादेखि धनगढीमै रहेकी छोरीको घरमा बस्न बाध्य भएको बताए । उद्योगसँग चैत २८ गते सम्झौता भएको बताउँदै उनले वैशाख १२ गते निर्माण सामग्री उपलब्ध गराउने भनेपनि हालसम्म नदिएको दुखेसो पोखे ।

घटाल उद्योगलाई हालसम्म ३ लाख २० हजार पेश्की रकम बुुझाएको बताउँदै अध्यक्ष बोहराले भने–‘निर्माण सामग्रीको चक्करमा केही दिनयता धनगढीमा रहेकी छोरीको घरमा बस्दै आएको छु । अब त कि निर्माण सामग्री दिनुपर्छ, होइन भने पैसा फिर्ता गर्नुुपर्छ ।’

विद्यालयका अध्यक्ष बोहराका अनुसार डडेल्धुराका १८ विद्यालयको पनि घटाल उद्योगसँग सम्झौता भएको छ । तर अधिकांशको त्यो उद्योगसँगको सम्झौताको म्याद समेत सकिएको भएपनि सामग्री वितरण हुन बाँकी नै छ ।

निर्माण सामग्री दिनमा ढिलासुस्ती हुँदै गएपछि दिनदिनै विद्यालयका अध्यक्ष र प्रअहरू सो उद्योगको चक्कर लगाउन बाध्य भएका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैद्यनाथ आधारभुूत विद्यालयका प्रअ गणेशराज जोशीले आफुहरू शिक्षा विकास तथा समन्वय इकाइबाट फसाइएको बताए । निर्माण सामग्रीविना भवनको काम अझैसम्म शुरू नभएको बताउँदै आर्थिक वर्ष घर्किरहेकोले बजेट फ्रिज भएर जाने चिन्ताले पनि सताउन थालेको उनले बताए ।

निर्माण सामग्रीका लागि सो उद्योगमा पुुगेका कैलालीको मोहन्याल गाउँपालिका–५ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रअ उमेश घर्तीमगर पनि खाली हात घर फर्किन बाध्य भएका छन् ।

निर्माण सामग्री एकै कम्पनीबाट खरिदका लागि शिक्षा विकास तथा समन्वय इकाइले सिफारिस गरेपछि इकाइका कर्मचारी र उद्योगबीच कमिसनको चलखेल हुन सक्ने आशंका गरिएको छ ।

धनगढीमा अरु पनि सप्लायर्स कम्पनी हुँदाहुँदै पनि एउटै सप्लायर्सलाई सिफारिस गरेपछि कमिसनको आंशका बढेको हो । यहाँसम्म कि विद्यालयलाई आफ्नो खातामा पैसा आएको जानकारी नभए पनि सो उद्योगलाई अर्काको खातामा पैसा कति बेला आउँछ भन्नेबारे जानकारी हुनुुलाई सो उद्योग र शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीहरूबीच कमिसनको मिलोमतो रहेको अनुमान स्रोतको छ ।

तर शिक्षा विकास तथा समन्वय इकाइका इञ्जीनियर सन्तोष बजगाईं भने आफूहरूले कुनैपनि विद्यालयलाई फलानो उद्योगमै खरिद गर्नू भनेर दबाब नदिएको जिकिर गर्छन् । आईएसओ प्रमाणित कम्पनीबाट मात्रै सामग्री खरिद गर्न भन्दै आएको बताउँदै धनगढीको घटाल मेटल उद्योग, मालिका, जगदम्बामा सामग्री उपलब्ध हुने भनेर सामान्य जानकारी मात्रै गराएको उनको भनाइ छ ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मानसिंह विष्टले आफूले निर्माण सामग्री खरिदबारे अनुसन्धान गर्ने बताए । साथै राष्ट्रिय वाणिज्य बैंकको बाउन्स चेकबारे पनि पत्ता लगाएर आवश्यक कारवाही शुरू गरिने उल्लेख गरे ।
उता घटाल मेटल उद्योगका प्रमुख उद्धब बडुले केही व्यवस्थापकीय समस्याले ढुुवानीमा समस्या भएर वितरण गर्न नसकेको बताए । तर जेठ १२ गते निर्माण सामग्री उपलब्ध गराउने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x