×

NMB BANK
NIC ASIA

बानेश्वर क्षेत्रमा ५७ वटा सीसीटीभी जडान

असार २, २०७६

NTC
Premier Steels

काठमाडौं– प्रहरीले बानेश्वर क्षेत्रमा कुल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा ५७ वटा सीसीटीभी जडान गरेको छ ।

Muktinath Bank

सोमवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सीसीटीभी जडान गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बोल्दै सीसीटीभी जडानले आपराधिक गतिविधि नियन्त्रणमा ठूलो सहयोग पुग्ने महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बताए । 


Advertisment
Nabil box
Kumari

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित विभिन्न स्थानमा जडान गरिएका सीसीटीभी क्यामराको महान्यायाधिवक्ता खरेलले उद्घाटन गरे । कार्यक्रममा उनले सीसीटीभी क्यामेराको साँचो प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईलाई हस्तान्तरण समेत गरेका थिए । 

Vianet communication

अपराध र अपराधीहरू हाम्रै वरिपरि रहने हुनाले प्रहरीलाई अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोगी भूमिका हुन जरुरी रहेको उनले बताए । 'कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागी कानूनी दायरामा आएको समेत आएका छन्,’ उनले भने ।  

प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नेपाल प्रहरीले अंगीकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरूको अनुभवलाई माझेर परिष्कृत रूपमा आएको हुनाले यसले निरन्तरता पाउने चर्चा गर्दै यस्ता कार्यक्रममा सम्पूर्ण समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे । 

निष्पक्ष न्याय सम्पादनको निम्ति सीसीटीभी क्यामेराको उल्लेखनीय महत्त्व रहेको बताउँदै प्रहरी नायव महानिरिक्षक क्षेत्रीले यसमार्फत २०७५ सालमा १६ हजारभन्दा बढी ट्राफिक नियम उल्लंघनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा हिट एण्ड रनमा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको बताए ।  

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले कार्यक्रम सम्बन्धी जानकारी दिँदै उक्त क्षेत्रमा कूल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा हाल ५७ वटा सीसीटीभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

मंसिर ९, २०८०

संघीय संसद्‍अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...

माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

पुस ८, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । स...

मंसिर ३०, २०८०

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x