हार्दिक पांड्यासँग अफेयरको खबरले उर्वशी चिन्तित

एजेन्सी- भारतीय क्रिकेटर हार्दिक पांड्या र बलिउड अभिनेत्री उर्वशी रौतेलाबीचको अफेयर चर्चा जताततै छ । यतिबेला दुईको एक भिडियो भाइरल भइरहेको छ । यसैबीच अभिनेत्रीले इंस्टाग्राममा स्टोरी गर्दै मिडिया च्यानलदेखि युट्युबसम्मलाई त्यस्ता भिडियो हटाउनेबारे कुरा गरेकी थिइन् । 

उनले भनेकी थिइन्, 'म अनुरोध गर्छु कि यस्ता खाले भिडियोका लागि जिम्मेवार मिडिया च्यानल हुन् । प्लिज युट्युबमा यस्ता भिडियो अपलोड गर्न बन्द गरिदिनुस् । किनकी मेरो पनि परिवार छ । मैले पनि जवाफ दिनुपर्छ । यस्ता खाले भिडियोले मलाई समस्या पार्न सक्छ ।'


Advertisement

उक्त भिडियोमा लेखिएको छ कि उर्वशीले एक्सब्वाइफ्रेन्डसँग मदत मागेकी छन् । जसमा अभिनेत्री र हार्दिक पांड्याको तस्वीर पनि छ । यसअघि पनि उर्वशीले आफूसँग सम्बन्धित खरबहरूलाई इन्कार गर्दै आएकी थिइन् । 

केही दिनअघि विश्वकपको भारत-पाकिस्तानबीचको खेलमा उनले आफ्नो र आमाका लागि दुई पास मिलाउन हार्दिक पांड्यासँग कुरा गरेको खबर आएको थियो । यति मात्र होइन, पास नपाएपछि उर्वशी खेल हेर्न नै नगएको खबर आएको थियो । तर यी खबरहरूलाई उनले गलत भन्दै आएकी छन् । 


Advertisement

कमेन्ट गर्नुहोस्