खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

काठमाडौं–सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले  भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा  आएको बाढीले सडक अवरुद्ध बनाएको हो । 


Advertisement

त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको  छ ।

माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले  आज म‌ंगलवार  बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्