एनआइसी एशिया बैंकको नयाँ शाखा अनामनगर र सौराहामा

काठमाडौं – एनआइसी एशिया बैंकको दुई नयाँ शाखाहरू काठमाडौंको अनामनगर र चितवनको सौराहामा सञ्चालनमा आएका छन् ।

यी शाखाहरू सोमवारदेखि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 


Advertisement

अनामनगर शाखाकोे उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली गरेका थिए । त्यस्तै चितवनको सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका थिए ।  

यससँगै बैंकको शाखासञ्जाल ३ सय १ वटा पुगेका छन् । यस्तै ३ सय ३६ एटीएम,  ७० वटा एक्स्टेन्सन काउन्टर तथा ४२ वटा शाखा रहित बैंकिङमार्फत कारोबार गरिरहेको छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्