×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको पत्रकार सम्मेलन, अनियमितताको आरोप

कात्तिक १९, २०७६

NTC
Premier Steels

– सौरभ यादव

Muktinath Bank

राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता यादवसहित विपक्षी दलका स्थानीय नेताले अध्यक्ष सत्तिशकुमार सिंहले सरकारी ऐन, नियम कानूनलाई पाखा लगाउँदै मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार पत्रकार महासंघ शाखा सप्तरीको  सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्ष यादवसहित कांग्रेस, नेकपा, राप्रपा, राजपा, समाजवादी पार्टी लगायत राजनीतिक दलका स्थानीय नेताले त्यस्तो आरोप लगाएका हुन् । 


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा उपाध्यक्ष यादवले अध्यक्ष सिंहले आफू लगायत अन्य केही जनप्रतिनिधिलाई समेत कुनै किसिमको सूचना नदिई गोप्यरुपमा आफूखुशी काम गरिरहेको आरोप लगाइन् । उनले अध्यक्ष सिंहले आफूबाट समेत कार्यालयको गतिविधि र सूचना लुकाउन थालिएपछि निवेदन दिएर माग गरेपनि सूचना दिन आलटाल गरेको आरोप लगाइन् ।

Vianet communication

‘बजेट निर्माणका बेला पनि अध्यक्ष सिंहले अरुलाई पाखा लगाई मनपरी ढंगले विभिन्न शीर्षकमा बजेट छुट्याएका हुन् । अहिले स्वीकृत दरबन्दी बाहेक कैयौ आफन्तलाई करार र डोर हाजिरीमा नियुक्त गरेका छन्,’ उपाध्यक्ष यादवले भनिन् ।

प्रदेश कानूनमा व्यवस्था नभएपनि अध्यक्ष सिंहले आफन्तलाई स्वकीय सचिवमा राखी सरकारी सम्पत्ति दुरुपयोग गरेको उनको आरोप छ । उनले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आएका राजीवकुमार झालाई अध्यक्ष सिंहले अख्तियारी नदिई उनको सरुवाको प्रयासमा कम्मर कसेर लागेको र सम्पूर्ण कागजात आफ्नै जिम्मामा राखेकाले कार्यालय सञ्चालन गर्न कठिन भएको बताइन् । 

कार्यालयका काम प्रभावित हुँदा गाउँपालिका मातहत झण्डै २ सय कर्मचारीले विगत ४ महिनादेखि तलब समेत पाउन नसकेको उनले बताइन् ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार समेत रहेका अरुणकुमार मण्डलले मन्त्रालयबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत झालाई जिम्मेवारी दिनुको सट्टा उनलाई सरुवा गराउनतर्फ अध्यक्ष सिंह बढी केन्द्रित भएको आरोप लगाए ।

गाउँपालिका अध्यक्ष सिंहले उपाध्यक्ष यादवसहित केही व्यक्तिद्वारा पत्रकार सम्मेलन गरी लगाइएको आरोप निराधार रहेको दाबी गरे । उनले हालसम्म भएका कामकाज सबै पारदर्शी ढंगले सम्पन्न भएको तथा सबै काम कानून र अधिकार क्षेत्रमै रहेर गरेकोे ठोकुवा गरे । 

‘गाउँपालिकाले गरेका हरेक गतिविधि बुझ्न जनुसुकै बेला पनि सकिन्छ । कुनै पनि सूचना लुकाउने काम भएको छैन,’ उनले भने । आरोप प्रमाणित गरेर देखाउन उनले चेतावनी दिए । प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आएका झा विवादित व्यक्ति भएकाले उनलाई जिम्मेवारी र अख्तियारी नदिएको स्पष्ट पारे ।

‘यसअघि सप्तरीकै अग्नीसाइकर कृष्णाशवरण र राजगढ गाउँपालिकामा कार्यरत रहँदा प्रमुख प्रशासकीय अधिकृत झा निकै विवादित बनेका थिए,’ अध्यक्ष सिंहले भने, ‘त्यस्तो विवादित व्यक्तिलाई राखेर म पनि विवादमा फस्ने भएकाले उसको सरुवा अन्यत्र गराउन सम्बन्धित मन्त्रालयमा आवश्यक पहल गरेका छौं ।’

सिंह र यादव दुवै राजपाबाट उम्मदेवार भई अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् तर आपसी मतभेदका कारण विवाद उत्कर्षमा पुगेपछि विपक्षी दलका केही स्थानीय नेता पनि उपाध्यक्ष यादवलाई साथ दिँदै पत्रकार सम्मेलनमा सहभागी भएका थिए । 

नेकपाका बालेश्वर झा, राप्रपा संयुक्तका निशान्तकुमार सिंह, तिलाठी कोईलाडी गाउँपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्र, राजपाका महेन्द्र खंग, सुर्जित सिंह, निरज मुक्ति, समाजवादी पार्टीका सत्यनारायण मुखिया लगायतले पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिंहले मनोमानी ढंगले काम गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x