×

NMB BANK
NIC ASIA

स्वास्थ्य सेवाको दुर्दशा

प्रदेशकै ठूलो अस्पतालमा पाइँदैन औषधि, रातभर भौतारिन्छन् बिरामीका आफन्त

कात्तिक २६, २०७६

NTC
Premier Steels

बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी (औषधि पसलमा) औषधि नपाउँदा उपचारका लागि आउने बिरामी सास्ती व्यहोर्न बाध्य भएका छन् ।

Muktinath Bank

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपनि चिकित्सकले सिफारिस गरेजति अत्यावश्यक औषधि फार्मेसीमा पाइँदैन । चिकित्सकले लेख्ने गरेका औषधि अस्पतालको फार्मेसीमा छैन भन्ने जवाफ दिने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीलाई सस्तो र सहज सुविधा दिन निजी फार्मेसी हटाएर सञ्चालनमा आएको अस्पतालको आफ्नै फार्मेसीले बिरामीलाई राहत दिनुको सट्टा सास्ती दिएको हो ।


Advertisment
Nabil box
Kumari

औषधि उपलब्ध गराउन अस्पताल प्रशासन र प्रदेश सरकारले कुनै चासो दिएका छैनन् । पश्चिम क्षेत्रकै पुरानो (१०९ वर्ष) अस्पतालको सेवा प्रभावकारी नहुँदा उपचारका आउने बिरामीले औषधि खोज्न विभिन्न निजी फार्मेसी/क्लिनिकहरू चहार्नुपर्ने बाध्यता सिर्जना भएको छ । अझै रातिको समयमा अस्पतालको आसपास रहेका निजी क्लिनिक र फार्मेसी समेत बन्द हुँदा बिरामीहरू औषधि पाउनबाटै वञ्चित हुनुपर्ने अवस्था छ । औषधि राखिनुपर्ने फार्मेसीका र्‍याकहरू खाली देखिन्छन् । 

Vianet communication

अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. कृष्ण खनालले औषधि खरिद प्रक्रिया झन्झटिलो हुँदा फार्मेसीमा औषधि अभाव हुँदै आएको बताए । ‘अस्पतालले सिधै औषधि खरिद गर्न पाउँदैन । टेन्डर प्रक्रियामार्फत जानुपर्ने हुन्छ । टेन्डरमा जाँदा सस्तो औषधि खरिद गर्नुपर्छ । त्यो प्रक्रियामा जाँदा केही अत्यावश्यकीय औषधि कम्पनीहरू आउन मान्दैनन् । जसले गर्दा ठूलो समस्या खड्किएको छ,’ डा. खनालले भने, ‘निजी फार्मेसीझैं सप्लार्यबाट सिधै ल्याएर बिक्री गर्न पाइएन । अहिले टेन्डर प्रक्रिया झन्झटिलो हुँदा औषधि अभाव चाहिँ भएकै हो । औषधि खरिद प्रक्रियाका अप्ठ्यारोको विषयमा हामीले प्रदेश सरकारसँग पनि छलफल गरेका छौं । यसको चाडो निकास निकाल्ने प्रक्रियामा अस्पताल प्रशासन लागेको छ ।’ 

बेथिति र अभावबाट गुज्र्रिएको अस्पताल प्रदेश सरकार मातहत आएपछि केही सुधार होला भन्ने आशा गरेका प्रदेशवासीले फार्मेसीबाट सुधारको संकेत समेत देख्न पाएनन् । 

विगत लामो समयदेखि निजी जनप्रिय फार्मेसीले हस्पिटलभित्र फार्मेसी राखेर औषधि बिक्री गर्दै आएको थियो । फार्मेसीसँग गएको असारमा सम्झौता सकिएको थियो । गएको साउन १७ गतेदेखि त्यसलाई सामाजिक विकास मन्त्रालयले हटाएर आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको थियो । हस्पिटल प्रदेश सरकार मातहत आइसकेको छ । 

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले आर्थिक कार्यविधिमा सिधै औषधि खरिद गर्न नपाइने व्यवस्थाले गर्दा समस्या बल्झिएको बताए । ‘कार्यविधिले समस्या बनाएको छ । हामीले अत्यावश्यक औषधिहरू अस्पताल विकास समितिमार्फत खरिद गर्ने गरी छलफलमा जुटेका छौं । समस्याको छिट्टै निकास निकाल्छौं,’ उनले भने ।

विभिन्न अवरोधका बाबजुत पनि अस्पताल सुधारमा प्रदेश सरकार जुटेको बरालको भनाइ छ । रूपन्देहीको देवदहबाट उपचारका लागि अस्पतालमा आएकी बिरामी माया केसीले राति चिकित्सवले लेखिदिएको औषधि फर्मेसीमा नभेट्दा आफूले बुटवल हस्पिटल प्रालिमा पुगेर औषधि ल्याउनुपरेको बताइन् । ‘रातिमा  अस्पताल बाहिरका सबै निजी फार्मेसी बन्द हुँदा रहेछन्,’ उनले भनिन्, ‘फार्मेसीमा औषधि छैन । भौतारिँदा–भौतारिँदै पारी बुटवल हस्टिलमा पुगेर औषधि ल्याएँ ।’

कपिलवस्तुबाट उपचारमा आएका बिरामीका आफन्त सुविराम चौधरीले औषधि खोज्दै बजार चहार्नुपरेको बताए । निजी फार्मेसी सञ्चालन हुँदै दैनिक ४ लाख रुपैयाँसम्मको औषधि बिक्री हुने फार्मेसीमा हाल दैनिक १ लाखको औषधि बिक्री हुन पनि मुस्किल पर्छ । 

अस्पतालको आकस्मिक सेवा कक्षमा एउटै बेडमा ४ जनासम्म बिरामी राखेर उपचार गरिँदै आएको छ । शौचालय पनि दुगन्धित छ । अस्पतालका चिकित्सकले बिरामीलाई निजी क्लिनिकमा रिफर गर्छन् ।

सरकारी डाक्टरले अस्पतालभन्दा निजी क्लिनिकमा बढी समय दिन्छन् । सेवाहरू प्रभावकारी नहुँदा लथालिङ्ग जस्तै देखिन्छ प्रदेशको पुरानो अस्पताल । 

प्रदेश सरकारले प्रादेशिक अस्पताललाई विशिष्टीकृत सेवा सहितको अस्पताल बनाउने प्रक्रिया समेत अगाडि बढाएको छ । अस्पताल प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा विस्तार गर्ने तयारी रहेको जनाइएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालले उपकरण खरिदका लागि ९ करोड ४ लाख ५० हजार रुपैयाँ रकम पाएको छ । अस्पताललाई साविक राप्ती, गण्डकी अञ्चलको रिफर सेन्टरका रूपमा पनि लिइन्छ । अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालमा विकास गरिएपनि भौतिक संरचना, उपकरण र जनशक्तिमा अस्पताल कमजोर छ । 

लुम्बिनी प्रादेशिक अस्पतालमा १३ जिल्लाबाट दैनिक १ हजार बिरामी उपचारका लागि आउने गर्छन् तर बिरामीको चाप अनुसार पूर्वाधार छैन । बिरामी साँघुरो र जोखिमयुक्त भवनमा उपचार गर्न बाध्य छन् । बिरामी जाँच्ने धेरैजसो उपकरण जीर्ण छन् । लुम्बिनी प्रादेशिक अस्पताल २०६७ सालमा स्थापना भएको हो । 

२०२४ सालमा ५० शय्याबाट शुरू भएको अस्पताल २०५० सालमा १ सय शय्यामा विस्तार भएको थियो । हाल अस्पतालमा ४ सय शय्या छन् । जसमध्ये सरकारी स्रोतबाट सञ्चालित ३ सय र अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट १ सय शय्या चलेका छन् ।

प्रदेश सरकारले यसै वर्षदेखि अस्पताल हाताभित्र रहेका ७३ वटा व्यावसायिक सटरहरूलाई हटाएर पर्खाल लगाउने निर्णय समेत गरेको छ । यसले अस्पतालको वार्षिक ८ करोड रुपैयाँ आम्दामी गुम्ने छ ।

अस्पतालका पूर्व अध्यक्षहरूले प्रदेश सरकारले अब कडाइका साथ काम गरेर अस्पताललाई नमूना बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x