थाइल्यान्डमा राति अबेरसम्म फोनमा फूटबल हेर्ने गरेका एक व्यक्तिलाई ह्यान्डसेटबाट करेन्ट लागेपछि मृत्यु भएको बताइएको छ ।
सोमचाइ सिंगखोर्न नामक ती ४० वर्षीय व्यक्तिले मंगलवार ओछ्यानमा एक क्यान बीयर राखेर अनि फोनमा हेडफोन राखेर फूटबल हेरेका थिए ।
सोमचाइ रेस्टुराँमा कूकका रूपमा काम गर्छन् । उनी कोठामा भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेका थिए । तारले छोएको ठाउँमा उनको हात र घाँटीमा डढेको चिह्न देखिएको छ ।
फोनको तार सकेटमा जोडिएको थियो र ईयरफोन चाहिँ सोमचाइको पाखुरा, अनुहार र घाँटीमा बेरिएको थियो ।
उनीसँगै कोठामा बस्ने साएङले सोमचाए सुत्नुअघि संगीत सुन्न र फूटबल हेर्न मन पराउने गरेको जानकारी दिए ।
लाओसका ती साथीले बिहान उनलाई उठाउन खोज्दा उनले हलचल गरेनन् ।
त्यसपछि उनले हाकिम विरोज पूलसावातमोङकोललाई फोन गरेर घटनाको जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
लोकान्तर संवाददाता