×

NMB BANK
NIC ASIA

नख्खु कारागारमा आलमको माग : डिल्लीबजार लैजाऊ, कोठा र शौचालय छुट्टै देऊ

मंसिर ३, २०७६

NTC
Premier Steels

रौतहट बम काण्डमा संलग्नताको मुद्दामा पूर्पक्षका लागि थुनामा पठाइएका पूर्वमन्त्री मोहम्मद आफताब आलम सोमबार नख्खु जेलमा शान्त थिए।

Muktinath Bank

नख्खु कारागारको सीआरसी ब्लक टूको दोस्रो तलामा राखिएका उनी दुई जना लागुऔषध र एकजना चोरीको कैदीसँगै राखिएका छन्। आलमसँगै जनकपुर बमकाण्डका अभियुक्त संजयकुमार साह ‘टक्ला’ पनि नख्खुमै छन्। साहले ५ जनाको ज्यान जाने गरी बम विस्फोट गराएको अभियोगमा नख्खुमा सजाय भुक्तान गरिरहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलम कारागारमा आएको दिन शनिबारदेखि नै शान्त छन्। उनलाई अन्य कैदीभन्दा आरामदायी कोठामा राखिएको छ। कारागारका प्रमुख सुरेन्द्र पौडेलका अनुसार उनको चालचलन शान्त रहेको छ। आलम सोमबार पनि जेलमा मान्छेहरूलाई उत्सुकताका साथ हेरिरहेका थिए। कालो हाइनेक, सेतो धोती र सफाचट जुँगामा चिटिक्क थिए। उनी अलिकति पनि विचलित देखिएनन्।


Advertisment
Nabil box
Kumari

पौडेलका अनुसार नख्खुमा १ हजार ५ सय कैदी बन्दी छन्। उनीहरूका लागि तीन ब्लक छन्। प्रत्येक ब्लकमा ५ सय कैदी राखिएका छन्। सीआरसी ब्लकको दोस्रो तलामा आलमको कोठा अन्य कैदीबन्दीको भन्दा राम्रो देखिन्थ्यो। क्षमता हेरेर एउटै कोठामा २० देखि २५ कैदी राखिए पनि आलम बस्ने कोठामा चार जना माब कैदी छन्। कोठा अलि साँघुरो नै छ।

Vianet communication

नख्खुमा बस्न खासै रुचाएका छैनन् उनले। डिल्लीबजार कारागार जाने मनसायमा रहेका आलम आफ्ना लागि छुट्टै कोठा र शौचालयको माग गरिरहेका छन्। उनले आफ्ना परिवारका सदस्यसँग सफा ठाउँमा सारिदिए हुन्थ्यो भन्दै डिल्लीबजार जान चाहेको कुरा सम्बन्धित ठाउँमा राखिदिन अनुरोध गरेका छन्। ‘मुझे डिल्लीबजार ट्रान्सफर करदो,’ आफन्तसँग आलमले भनेको टिपोट पौडेलले सुनाए।

कारागार प्रशासनले अरूलाई प्रभाव पार्न सक्ने र शंकास्पद कैदीको क्रियाकलाप नियाल्ने र निगरानी गर्ने गर्छ। यसै सिलसिलामा आलमले आफ्ना छोरासँग गरेको कुराकानीबारे प्रशासनले निगरानी राखेको हो। उनका छोराले कारागारमा कुनै पनि प्रकारका कुरा नगर्न सुझाएका छन्। आलमले गर्ने सम्पूर्ण कुरा प्रशासनले रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गर्न सक्ने भएकाले सचेत रहन छोराले उनलाई सुझाएका छन्। तर कारागारले कुनै पनि कैदीबन्दीको भनाइ रेकर्ड नगरेको पौडेलले प्रष्ट्याएका छन्।

‘कारागारमा कोही ठूलो सानो हुन्न, सबैलाई समान व्यवहार हुन्छ,’ पौडेलले भने। आलम पनि सामान्य कैदीले जस्तै दिन काटिरहेका छन् अहिले। उनी सामूहिक मेसमै खाना खान्छन्। उनलाई सुगर र प्रेसरको समस्या छ। तर अस्पताल लगिहाल्नुपर्ने अवस्था भने छैन। भेट्न आउनेको लर्को पनि ठूलै छ। आइतबार मात्र उनलाई भेट्न आएका कम्तीमा ६० जना फर्काएको पौडेलको भनाइ छ। ‘एउटै समूहमा १२÷१५ जना आए,’ पौडेलले भने, ‘माननीयज्यूहरू र पार्टीका कार्यकर्तादेखि आफन्तहरुको घुईंचो लागेको थियो।’ तर सोमबार भने यस्ता आगन्तुक कोही देखिएनन्।

आलम जस्तै अरु धेरै भीआईपी पनि नख्खुमै राखिएका छन्। पूर्वराज्यमन्त्री नवीन विश्वकर्मा एक महिना पहिलादेखि नख्खुमा छन्। पूर्वराज्यमन्त्री मन्त्री संजय साह पनि २ वर्षदेखि यहीँ थुनिएका छन्। विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश वली, माइला लामालगायत बन्दी पनि त्यहीँ छन्।

नख्खु कारागारमा कैदी बन्दीलाई पुस्तकालय, क्यान्टिन, सैलुन, किनमेल केन्द्र, पुल तथा स्नुकरलगायत खेल खेल्ने ठाउँ, आयआर्जनका काम सिक्ने अवसर, प्रत्येक दिनका पत्रपत्रिका पढ्न पाउने जस्ता सुविधा दिइएको छ। कारागारमा ८० प्रतिशत कैदी बन्दी आपराधिक क्रियाकलापका संलग्नता काराण आएका भए पनि २० प्रतिशत भने परिबन्दमा परेका रहेको प्रमुख पौडेलले बताए। सुरक्षाको हिसाबले चुनौती हुने भन्दै यतिबेला नख्खु कारागारभित्र जान कडाइ गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x