माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको आरोप लागेका मोहम्मद आफ्ताब आलमको बचाउमा दिएको अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवा अझै पनि आलोचनाको केन्द्रमा रहने गरेका छन् ।
त्यो अभिव्यक्ति कांग्रेसकै लागि प्रत्युत्पादक बनिरहेका बेला देउवा नेपाली भूमि मिचिएको भारतीय नक्सा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएको भन्ने अभिव्यक्ति दिएर थप विवादमा फसे ।
शनिवार कास्कीको पोखरामा आयोजित चुनावी सभामा देउवाले भारतले प्रधानमन्त्री केपी ओलीसँग सोधेरै नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए ।
ओलीमाथि देउवाको आरोप सत्य हो भने ओलीले प्रस्ट पार्नुपर्छ, अन्यथा प्रधानमन्त्रीमाथि विपक्षी दलको सभापतिको निम्नस्तरको आरोप फगत चुनावी स्टन्ट मात्र रहेको पुष्टि हुन्छ । भारतले नेपालको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले धेरै फन्को लगाइसकेका छन् ।
भारतको नक्साकै विषयमा साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक पनि बोलाइसकेका छन् ।
बैठकमा प्रधानमन्त्रीको राष्ट्रियताको 'स्पिरिट' बलियो रहेको स्वयं कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ । तर ४/४ पटक प्रधानमन्त्री भइसकेका देउवाले बेला न कुबेला यस्तो आरोप लगाउँदा 'वेटिङ गभर्मेन्ट'को रूपमा रहेको प्रमुख प्रतिपक्षी दलका अन्य नेताहरूमाथि पनि विश्वसनीताको प्रश्न उठ्ने गरेको छ ।
देउवाको शनिवारको अभिव्यक्ति अनपेक्षित थियो । अनपेक्षित मात्र होइन, सामाजिक सञ्जालमा कतिपयले देउवाको अभिव्यक्तिलाई अत्यन्त गैरजिम्मेवार र आपत्तिपूर्ण अभिव्यक्ति भनी टिप्पणी गरेका छन् ।
देउवाको बोली यसरी फेरियो
नोभेम्बर १ मा भारतले नयाँ जारी गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक २३ मा सर्वदलीय बैठक राखेर छलफल गरेका थिए । छलफलमा नेपालको भू-भागलाई समेटेर भारतले नयाँ नक्सा जारी गर्नु भारतको हेपाहा प्रवृत्ति रहेको निष्कर्ष निस्केको थियो । त्यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कूटनीतिका माध्यमबाट यो विषयको समाधान गर्न प्रतिपक्षी दलको पनि समर्थन चाहिने बताएका थिए ।
सर्वदलीय बैठकबाट निस्किएलगत्तै देउवाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखे – 'भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो, कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भू-भाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहनेछ ।'
तर आफैंले सरकारलाई सहयोग गर्ने भनेर गरेको प्रतिबद्धतालाई कुल्चँदै देउवाले राष्ट्रिय स्वार्थको विषयमा प्रधामनन्त्रीलाई अनावश्यक लान्छना लगाउने प्रयास गरेका छन् । यसले उनको राजनीतिक कद झन घटेको मात्र नभई विश्वसनीयतामा समेत ह्रास आएको छ । यस्ता हल्काफुल्का अभिव्यक्ति प्रमाणित नभए त्यसको चर्को मूल्य कांग्रेसले चुकाउनुपर्ने देखिन्छ ।
कांग्रेसकै नेता शेखर कोइरालाले देउवाको भनाइबाट आफू अचम्ममा परेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट आफ्ना सेना फिर्ता गर्न भारतलाई सार्वजनिक मञ्चबाटै आग्रह गरिसकेका छन् । बहालवाला प्रधानमन्त्रीले भारतलाई यस्तो आग्रह गर्नु हालसम्मको दुर्लभ घटना हो । प्रधानमन्त्रीको आग्रहलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले समेत भारतको राष्ट्रिय चासोको विषय बनाएका छन् ।
भारतको हेपाहा प्रवृत्तिविरुद्ध राष्ट्रिय एकता बनिरहेको अवस्थामा देखिएको थियो तर देउवाले बनिरहेको राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिए । अन्य कुरामा विमति रहेपनि राष्ट्रियता र सीमा सुरक्षाको मामिलामा विपक्षी दलले सरकारले लिइरहेको प्रयासमा सथर्मन जनाउनुपर्दथ्यो ।
देउवाको विवादास्पद अभिव्यक्तिको इतिहास
देउवाको राजनीतिक अतीत र वर्तमान विवादमुक्त छैन । उनी कहाँ के बोल्ने भन्ने भेउ नपाउने गरेको स्वयं कांग्रेसकै नेताहरू स्वीकार्छन् ।
२०६१ साल भदौमा इराकमा नेपाली कामदारको सामूहिक हत्या भयो । त्यो बेला प्रधामनन्त्री रहेका देउवाले ‘त्यहाँका आतंकवादी र देशभित्रका आतंकवादी’ उस्तै हुन भनेर माओवादीलाई आरोपित गरेका थिए ।
माओवादी समस्यालाई वार्ताबाट हल गर्नुपर्छ भनेर देशभरि आवाज उठिरहेको बेलामा उनले तत्कालीन माओवादीलाई इराकका आतंककारीहरूसँग तुलना गरे । त्यसको व्यापक आलोचना भएको थियो ।
पछिल्लोपटक २०७४ सालमा प्रधानमन्त्रीको रूपमा भारत भएको समयमा समकक्षीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्ति विवादमा पर्यो । विदेशी भूमिमा गएर आन्तरिक मामिलाबारे बोलेको भनेर सदनमा समेत देउवाको चर्को आलोचना भयो ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताए । यद्यपि कांग्रेसलाई जिताएर आफू प्रधानमन्त्री बन्ने आकांक्षा नराम्रो नभएपनि ७ पटकसम्म प्रधानमन्त्री बन्न चाहेको उनको भित्री आकांक्षालाई जनताले दुत्कारे ।
७ पटक प्रधानमन्त्री बन्ने देउवा महत्त्वाकांक्षालाई मतदाताले धूलो चटाइदिए । त्यतिबेलै ‘कम्युनिस्टहरूले जिते रुन पनि पाइँदैन भनेर देउवाले विवादास्पद अभिव्यक्तिको श्रृंखला नै चलाए । कांग्रेसका लागि त्यो पनि प्रत्युत्पादक भयो । कांग्रेसको सबल पक्ष देखाउन भन्दापनि अरूका कमजोरी देखाएर आफूलाई अग्लो देखाउने काममा देउवा तल्लीन बने ।
२०७४ सालको संसदीय चुनावमा कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पनि देउवाको बानी सुध्रिएन ।
आलमको बचाउमा दिएको अभिव्यक्तिलाई दुई दिनमै खण्डन गर्नुपर्ने अवस्थाको सिर्जना भएको थियो । आलम प्रकरण सेलाउन नपाउँदै देउवाले पार्टी कार्यालयमा नेविसंघका कार्यकर्तालाई अपशब्द बोले ।
शनिवार कास्कीको पोखरामा दिएको गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्तिका कारण उपचुनावको पूर्वसन्ध्यामा कांग्रेसलाई अप्ठ्यारो परेको छ ।
के जानकारी र प्रमाणका आधारमा देउवाले ओलीमाथि गम्भीर आरोप लगाए ? कि राजनीतिलाई रत्यौली मैदान बनाउने छूट देउवामाथि छ ?
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...