×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको स्वास्थ्यबारे के लेखे पत्रपत्रिकाले ?

मंसिर ११, २०७६

NTC
Premier Steels

कान्तिपुर दैनिकले लेखेकाे छ : एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री भेन्टिलेटरमा, हाल स्वास्थ्य अवस्था ‘स्थिर’

Muktinath Bank

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्‍याइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो।


Advertisment
Nabil box
Kumari

सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट)मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’ रहेको उल्लेख छ।

Vianet communication

अन्नपूर्ण पोस्टले लेखेकाे छ : प्रधानमन्त्रीको स्वास्थ्य स्थिर,  केही दिन अस्पतालमै रहने
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार बिहान शल्यक्रिया गरिएको ओलीको सघन कक्षमा उपचार भइरहेको छ । 

सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली स्वास्थ्य लाभका लागि केही दिन अस्पतालमै रहने जानकारी दिए । 

प्रधानमन्त्री ओलीको उपचारमा व्यवस्थापकीय पक्ष मिलाउन निर्देशक श्रेष्ठ खटिएका छन् ।

उपचारका लागि डा. अरुण सायमीको नेतृत्वमा प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. रमेशसिंह भण्डारीलगायत विज्ञ चिकित्सक संलग्न छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

नयाँ पत्रिकाले लेखेकाे छ : अचानक पेटमा संक्रमण फैलिएपछि सघन उपचारमा प्रधानमन्त्री
मिर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलबार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधबार बिहान थप स्वास्थ्य परीक्षण गरेपछि उनको स्वास्थ्य अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् ।

आइतबार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमबार दिनभरि व्यस्त थिए । सम्पूर्ण मन्त्रालयको चौमासिक प्रगति समीक्षा गर्ने एजेन्डामा अपराह्न ४ बजे सुरु भएको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको थियो । प्रधानमन्त्रीले बैठकमा सक्रिय सहभागिता जनाउँदै आयोजना चाँडै नसक्ने ठेकेदारलाई थप ठेक्का नदिन, कृषि अनुदानका नाममा बाँडिएको रकमको विवरण १५ दिनभित्र ल्याउन, युवा स्वरोजगारका नाममा भएको खर्चको विवरण १५ दिनभित्र ल्याउन, काठमाडौंका खाल्डा फागुनसम्म पुर्न निर्देशन दिएका थिए । अहिले घोडा एकातिर, बग्गी अर्कोतिर भएको भन्दै चिन्ता व्यक्त गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिचालन गर्न सरकारी संयन्त्रलाई कडा निर्देशन दिएका थिए । 

मंगलबार पनि प्रधानमन्त्रीको व्यस्त कार्यसूची थियो । आइतबार काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीलाई प्रज्ञा भवनमा सम्बोधन गर्ने र दशरथ रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । सरकारका तर्फबाट उनले खेलाडीलाई ‘सरप्राइज’ प्याकेज घोषणा गर्ने तयारी पनि थियो । प्रधानमन्त्रीको सम्बोधनलाई महत्वपूर्ण मानेर पोखरा र जनकपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मंगलबार बिहानै काठमाडौं झिकाइएको थियो ।

 तर, बिहान ७ बजेदेखि प्रधानमन्त्री ओलीको पेट दुख्न थालेको थियो । दुखाइ बढ्दै गएर सहनै नसक्ने भएपछि ९ बजे उनलाई शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । यो अस्पतालमा पेटको उपचार हुँदैन । तर, शिक्षण अस्पतालमा भन्दा यहाँको आइसियू आधुनिक र व्यवस्थित भएकाले अन्य समस्या हुँदा पनि ओलीलाई यही सेन्टरमा लग्ने गरिएको छ ।

प्रारम्भिक परीक्षणमा उनलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो । रगत र पिसाब जाँच तथा एक्सरे र भिडियो एक्सरे परीक्षणपछि डाक्टरहरू निष्कर्षमा पुगे– प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन, पेरिटोनाइटिस भएको हो । प्रधानमन्त्रीको उपचारमा संलग्न एक डाक्टरले नयाँ पत्रिकासँग भने, ‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस भनिन्छ, तर एपेन्डिक्स मात्र होइन, त्यो वरिपरिको भाग र आन्द्रामा समेत संक्रमण पैmलिएमा पेरिटोनाइटिस भनिन्छ । यो भनेको निश्चित अंग मात्र नभएर पेटको फराकिलो क्षेत्रमा संक्रमण फैलिएको हो ।’ 

गोरखापत्र दैनिकले लेखेको छ : प्रधानमन्त्रीको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री केपी शर्मा ओलीको राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । 
पेटमा समस्या महसुस भएपछि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि मंगलवार बिहान पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटमा संक्रमण देखिएपछि ‘ल्याप्रोटोमी’ तथा ‘अपेन्डेक्टोमी’ लगायतका विधिबाट उपचार गरिएको मनमोशन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक पाडा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । 

नेपाल समाचारपत्र दैनिकमा खबर छ : प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकाले खतरामुक्त भने भइनसकेको चिकित्सकहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीको मंगलबार बिहान एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा लगी शल्यक्रिया गरिएको थियो।

उनलाई असह्यरूपमा पेट दुखेपछि मंगलबार बिहान चिकित्सकको सल्लाहअनुसार अस्पताल लगी परीक्षण गर्दा एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण फैलिएको पत्ता लागेको हो।

समस्या पहिचानलगत्तै चिकित्सकको टोलीले उहाँको शल्यक्रियासहितको अन्य उपचार प्रक्रिया अगाडि बढाएका हुन्। शल्यक्रियापछि उनको स्वास्थ्य स्थिर रहे पनि खतरामुक्त भने भइनसकेको स्रोत बताउँछ।

डा. रमेशसिंह भण्डारी, डा. पलेस्वाँ लाखे जोशीलगायतको टोलीले ४५ मिनेटको अथक् प्रयासका बाबजुद्ध शल्यक्रिया सम्पन्न गरेका थिए। तर पनि प्रम ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिइसकेकाले थप गम्भीर अवस्था निम्त्याएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x