×

NIC ASIA

प्रधानमन्त्रीलाई मध्यरातिबाट समस्या, बिहान अस्पताल, लगत्तै अपरेसन

मंसिर ११, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अलि बढी व्यस्त थिए ।

Muktinath Bank

नियमित भेटघाटपछि दिउँसो ४ बजेलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष बैठक थियो । धेरैजसो भेटघाट सरकारी निवास बालुवाटारमै गर्ने प्रधानमन्त्री मन्त्रालयहरूको चौमासिक प्रगति समीक्षाका लागि सिंहदरबार पुगेका हुन् । बैठक झन्डै साढे चार घण्टा चल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीले सचिव र मन्त्रीहरूलाई मन्त्रालयको प्रगति नभएको भन्दै केही निर्देशन दिए । बैठक सकेर बालुवाटार पुग्दा करिब सवा नौ बजेको थियो । उनले खानपिन गरे । राति ढिलै सुत्ने गरेका ओली नियमित डायलसिस गर्न थालेपछि भने स्वास्थ्यप्रति अलि बढी सचेत छन् । तर दिनभर बैठकको थकान रहे पनि उनी सुतिहालेनन् । बरु राति १० देखि ११ बजेसम्म आफैंले टीभीलाई दिएको अन्तर्वार्ता हेरे ।


Advertisment
Nabil box
Kumari

त्यसपछि बेडमा गएका ओलीलाई राति दुई बजेपछि हल्का पेट दुख्न थाल्यो । सधैंजसो बिरामीजस्तो शरीर भएकाले उनले यसलाई ठूलो समस्या मानेनन् । तर बिहान हुँदै जाँदा झन् दुख्न थाल्यो । यहीबीच प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बालुवाटार पुगिन् । ओलीलाई बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टर भर्ना गरियो ।

Vianet communication

विज्ञ चिकित्सकको टोलीले उनलाई एपेन्डिसाइटिस भएको ठहर्‍यायो । लगत्तै अपरेसनको तयारी भयो । अपराह्न १ बजेअघि नै अपरेसन सकियो । त्यसपछि प्रधानमन्त्रीको अवस्था स्थिर रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका नेता, मन्त्रीहरू र सचिवालयको टोली प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बुझ्न गए पनि अस्पतालले कसैलाई भेट्न दिएको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेललगायत नेताहरूले चिकित्सकसँग प्रधानमन्त्रीको अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीको सचिवालयको टोली नियमित रूपमा अस्पतालमै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चिकित्सकले ओलीको स्वास्थ्यस्थिति राम्रो रहेको ब्रिफिङ गरेका छन् । ‘एपेन्डिक्स अन्य सामान्य व्यक्तिलाई पनि हुने समस्या हो, यसैका कारण प्रधानमन्त्रीलाई अन्य समस्या छैन, चिकित्सकले जे भन्नुभएको छ त्यही कुरालाई सबैले बुझिदिनुहुन हाम्रो आग्रह छ,’ उनले भने । थापाका अनुसार प्रधानमन्त्री केही दिन अझै अस्पताल बस्नुपर्ने हुन सक्ने चिकित्सकले जानकारी गराएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x