×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टर भन्छन् : आज धेरै खुशी छु

मंसिर १२, २०७६

NTC
Premier Steels

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बुधबार बिहानदेखि खुसी देखिन्थे।

Muktinath Bank

प्रधानमन्त्री केपी ओलीलाई उच्चस्तरको उपचार व्यवस्था मिलाउने व्यवस्थापकीय नेतृत्व गरेका श्रेष्ठ शुरूका चौबिस घण्टा मलीन अनुहारमा देखिएका थिए। अत्यधिक पेट दुखेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान नौ बजे सेन्टरमा पुगेका थिए। उपचारमा कमी हुन नदिन श्रेष्ठ बिहानदेखि खटिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज (बुधबार) मेरो अनुहार हेर्नुस्। हिजो मलीन थियो। आज खुसी छु’, डा. श्रेष्ठले भने। बुधबार साँझ सात बजे उनै डा. श्रेष्ठले विज्ञप्ति जारी गर्दै सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी सार्वजनिक गरे।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीलाई केही दिन राखेर पूर्ण स्वास्थ्य लाभ गरेपछि मात्र बालुवाटार पठाइने डा. श्रेष्ठले बताए। प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान सेन्टरमा ल्याउँदा सबै चिकित्सक हतास र मलीन थिए। विज्ञ चिकित्सक टोलीले परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटमा संक्रमण भएको पत्ता लागेको थियो। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियामा ढिलाइ गर्दा जोखिम निम्तिने आंकलन गर्दै तत्काल शल्यक्रिया गरिएको थियो।

Vianet communication

शल्यक्रिया गर्दा सेन्टरछेउमा रहेको त्रिवि शिक्षण अस्पतालका सर्जनद्वय प्रा.डा. रमेशसिंह भण्डारी र पलेश्वा जोशी लाखेलाई पनि बोलाइयो। ल्याप्रोटोमी, एपेन्डेक्टोमीलगायतका विधिबाट उपचार गरिएको मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुधबार बिहानदेखि सुधारोन्मुख रहेको छ। एपेन्डिसाइटिसको शल्यक्रिया गरेलगत्तै स्थिर रहेको स्वास्थ्यमा बुधबारदेखि क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सेन्टरस्थित पाँचौं तलाको सघन उपचार कक्षमा प्रधानमन्त्री ओली उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार आएपछि बुधबार पत्नी राधिका शाक्य र चिकित्सकले कुराकानी गरेका थिए।

प्रधानमन्त्री ओलीले सोमबार राति नै असहज महसुस भएको जानकारी पत्नी राधिकालाई गराएका थिए। त्यसपछि मंगलबार बिहान निजी चिकित्सक डा. दिव्यासिंह शाहको अग्रसरतामा मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो।

उनको अवस्था सामान्यतर्फ उन्मुख रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x