×

NIC ASIA

आत्मविश्वासी ओली, जसले ४२ वर्षदेखि रोगलाई जित्दै आए

मंसिर १२, २०७६

Prabhu Bank
NTC
Premier Steels

हालैको एक साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेतासँग बालुवाटार निवासको बगैंचामा टहलिरहेका थिए ।

Muktinath Bank

उनले त्यहाँ आफैंले रोपेको पिपलको बिरुवा सुकेको देखे । अनि तत्कालै भने, ‘पिपलको मिर्गौलाले काम गरेनछ, सुकिहाल्यो । मैले राम्ररी स्याहार पाएकाले यस्तो हट्टाकट्टा छु ।’ यो त्यतिखेरको कुरा हो जतिबेला ओलीको स्वास्थ्यबारे बालुवाटार बाहिर अलि धेरै टीकाटिप्पणी भइरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यप्रतिको उनको यो आत्मविश्वास अहिले अस्पतालको आईसीयूमा पनि उस्तै छ । सायद यही विश्वासका कारण उनले मंगलबार राति आफूलाई लगाइदिएको अक्सिजन माक्सलाई देखाउँदै डाक्टरसँग भने, ‘यो कहिले निकाल्ने हो ?’


Advertisment
Nabil box
Kumari

त्यसको केही घण्टापछि बुधबार बिहानै उनलाई लगाइएको अक्सिजन माक्स निकालियो । उनले कालो चिया पिए । दिनभरि डाक्टरको निगरानीमा मात्रै रहेका ओलीले साँझपख श्रीमती राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गरे । शाक्यले निवासमा रहँदा ओलीको स्वास्थ्य रेखदेख गर्छिन् भने बज्राचार्यले बाहिरखेर हिँडेका बेला उनको ख्याल गर्छन् । उनीहरूसँगको भेटमा ओलीले केही अत्यावश्यक कामबारे कुराकानी गरे । श्रीमती शाक्यसँग उनले आफूलाई आराम नपुगेको बताए ।

Vianet communication

‘प्रधानमन्त्रीज्यूले मेडम (शाक्य) सँग कुराकानी गर्दा म अब केही समय आराम गर्छु, मलाई आराम पुगेको छैन भन्नुभयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । उनले आफूलाई चाँडै निको हुने विश्वास व्यक्त गरे । जीवनप्रतिको विश्वास र उच्च मनोबलकै कारण ओली यहाँसम्म आइपुगेको उनका निकटस्थ बताउँछन् । ‘अरू सामान्य मान्छे हुन्थे भने बेडबाट उठ्न नसकेर सुतेको सुत्यै हुन्थे,’ ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कान्तिपुरसँग भने, ‘उहाँको उच्च मनोबल र विश्वासका कारण अहिले कार्यकारी भूमिकासहित यो ठाउँमा हुनुहुन्छ ।’

डायलसिस गर्दै भाषण गर्दै
रोगलाई समस्याका रूपमा नलिने ओलीको शैलीका कारण पनि उनलाई पछिल्लो समय समस्या थपिँदै गएको ठम्याइ उनको उपचारमा संलग्न चिकित्सिकहरूको थियो । त्यसैले उनीहरूले ओलीलाई पछिल्लो समय धेरै भेटघाट नगर्न र सार्वजनिक कार्यक्रममा नजान सुझाव दिएका थिए । तर ओलीको सक्रियता उस्तै रह्यो । हेमोडायलसिस गरेर फर्किएको भोलिपल्टै मंसिर १ गते उनले युवासंघले आयोजना गरेको कार्यक्रममा गएर १ घण्टा १५ मिनेट पानी पनि नखाई भाषण गरे । कात्तिक १२ गते उनी उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएर दुई दिनसम्म बसेका थिए । १ देखि ४ गतेसम्म उनी लामा लामा छलफलमा व्यस्त भए । सरकार र पार्टीका केही महत्त्वपूर्ण निर्णय गरे । गत आइतबार चौथो डायलसिस गरेका ओली सोमबार सरकारको चौमासिक समीक्षा बैठकमा झन्डै ५ घण्टा सहभागी भए । मंगलबारका लागि पनि उनी सहभागी हुने तीनवटा कार्यक्रम तय भएका थिए । तर बिहानै बिरामी परे । प्रधानमन्त्रीको दौडधुप अलि कम गर्न सकिँदैनथ्यो र भन्ने कान्तिपुरको प्रश्नमा प्रेस सल्लाहकार थापा भन्छन्, ‘स्वास्थ्यले थेगेसम्म काम गर्ने भन्ने नै छ, उहाँको जीवनमा रेस्ट भन्ने छैन ।’

बिमारको सिलसिला ४२ वर्षदेखि
ओलीलाई विभिन्न बिमारले घेर्न थालेको ४२ वर्ष भयो । उनी जेल बस्दा टीबी रोगले ग्रस्त थिए । ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनाली रोगलाई जितिन्छ भन्ने ओलीको विश्वास अहिलेजस्तै पहिले पनि रहेको बताउँछन् । मैनालीले सम्झेअनुसार जेलमा रहँदा ओली एक्लै शौचालय पनि जान सक्दैनथे । उनलाई नुहाउन र खाना खान पनि साथीहरूकै सहयोग चाहिन्थ्यो । ‘ओलीजीको दृढ इच्छाशक्ति पहिलेदेखिकै हो, कत्ति पनि आत्तिने होइन, मरिँदैन भन्नुहुन्थ्यो,’ मैनालीले भने, ‘दबाइको गोली ल्याऊ खाउँ भन्नुहुन्थ्यो ।’ १४ वर्षसम्म जेलको कहर काटेर निस्किएका ओली विस्तारै निको हुँदै गए । उनी ०६० सम्म ठीकठाक नै थिए । ०६० देखि ओलीको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्यो । बिमारले गाल्दै लगेपछि उनी ०६२/६३ को जनआन्दोलनमा पनि त्यति सक्रिय हुन पाएनन् । ओलीको ०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरियो ।

उनी ६/६ महिनामा त्यसको फलोअपका लागि दिल्ली गइरहन्थे । सबै ठीकठाकै चलेको थियो । ०६९ कात्तिकमा ओलीलाई भेट्न मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारी उनको घरमा पुगे । ओलीलाई बानेश्वरमा रहेको आफ्नै क्लिनिकमा परीक्षण गर्दा उनको फोक्सोमा समस्या देखिएको थियो । ओली तुरुन्तै नर्भिक अस्पताल भर्ना भए । त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अपस्ताल लगेर दुई सातासम्म उपचार गराइएको थियो । त्यसको केही दिनमै ओली फेरि सिकिस्त भए । उनलाई ग्रान्डीमा केही दिन राखेर सिंगापुर लगियो । त्यतिबेलै ओलीको हातमा इन्फेक्सन भयो । इन्फेक्सनकै कारण उनी लामो समयसम्म हातमा ब्यान्डेज बाँधेर हिँडे ।
०७२ असारमा पार्टीको नवौं महाधिवेशनबाट तत्कालीन नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका ओली ०७२ कै असोजमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । नौ महिनासम्म प्रधानमन्त्रीमा बहाल हुँदा उनी मिर्गौलाको फलोअपका लागि एक पटक पनि गएनन् । त्यसपछि सामान्य फलोअप भए पनि गम्भीर बिरामी परेका थिएनन् । तर १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला बिस्तारै निष्क्रिय बन्दै गएपछि ओली साउन र भदौमा गरी दुई पटक सिंगापुरमा उपचार गरेर फर्किए । त्यसपछि भने कहिले के कहिले के भएर अस्पताल धाइरहनु परेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अब उनी केही दिन अस्पतालमै बस्नुपर्ने देखिएको छ । हाल उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी प्रधानमन्त्रीलाई आराम दिलाउन चाहन्छौं । त्यसैले केही दिन बढी राख्न चाहन्छौं ।’

ओली बिरामी भएर अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य स्थिति बुझ्न चाहनेहरू बुधबार पनि बिहानैदेखि अस्पताल पुगे । मंगलबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल पुगेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, प्रतिनिधिसभा उपाध्यक्ष, संसदीय समितिका सभापतिहरू, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायत पनि प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ओलीको सचिवालय सदस्यहरूसँगै बुधबार दिनभरि अस्पतालमै बसे । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x