×

NMB BANK
NIC ASIA

महासचिव पौडेलको प्रतिबद्धता– पर्यटन वर्ष सफल बनाउन नेकपाका स्वयमसेवक खटाउछौं

मंसिर १९, २०७६

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आशन्न नेपाल भ्रमण वर्ष २०२० नेपाल सरकारको मात्रै जिम्मेवारी नभई साझा राष्ट्रिय कार्यक्रम भएको बताएका छन । नेकपाको सम्पूर्ण पार्टी पङ्क्तिले भ्रमण वर्षका लागि आउने दायित्व पूरा गर्ने उनले प्रतिबद्धता जनाए । 

Muktinath Bank

भ्रमण वर्षलाई केन्द्रित गरेर बिहीवार पर्यटन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महासचिव पौडेलले भ्रमण वर्ष सफल बनाउन भातृसंगठन र कार्यकर्ता परिचालन गर्न तयार रहेको बताएका हुन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो एकचोटि पर्यटक आएर फर्कने कुरा होइन, उनीहरुले यस्तो सन्देश लिएर जाउन की, आफ्नो देशमा पुगेर पटकपटक गइरहनुपर्ने ठाउँ नेपाल हो भन्न सकुन’ पूर्वअर्थमन्त्री समेत रहेका महासचिव पौडेलले भने, ‘अतिथिलाई देवता मान्ने संस्कार नेपालमा छ ।’


Advertisment
Nabil box
Kumari

त्यही आचरण र व्यवहार प्रदर्शन गर्नका लागि त्यसको स्रोत व्यक्तिका रूपमा दलका नेता तथा कार्यकर्ताहरुले भूमिका निर्वाह गर्नुपर्ने भन्दै पौडेलले यसतर्फ सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिए । 

Vianet communication

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको अग्लो शिखर सगरमाथा अन्य कुनै देशले बनाउँछु भनेर बनाउन नसक्ने उल्लेख गर्दै बरु त्यस्ता सम्पदा र सम्भावनाको विश्वमा प्रचार जरुरी रहेको पौडेलको  भनाइ थियो ।

नेकपा र भ्रातृसङ्गठनका प्रतिनिधिहरुलाई अवैतनिक स्वयंसेवकको रूपमा परिचालन गर्न नेकपा तयार रहेको पौडेलले प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भ्रमण वर्ष नेपालीहरुको साझा कार्यक्रम र साझा स्वार्थ भएको उल्लेख गरे । 

काठमाडौँ र प्रदेशस्तरमा आगामी जनवरी १ मा र विदेशमा जनवरी ७ तारिखमा भ्रमण वर्षको औपचारिक उद्घाटनको तयारीमा जुटेको सरकारले राजनीतिक दल र तिनका भ्रातृसङ्गठन, नेपालस्थित विदेशी राजदूतावास र कूटनीतिक नियोगदेखि विभिन्न सङ्संस्था प्रतिनिधिहरुको रायसुझाव र प्रतिबद्धता लिइरहेको छ । 

सन २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x