कुन बलिउड अभिनेत्रीको पारिश्रमिक कति ?

एजेन्सी-  बलिउडमा अभिनेत्रीको पारिश्रमिकलाई लिएर प्राय: चर्चा भइरहन्छ । अभिनेताभन्दा कम पारिश्रमिक लिने भनेर समय-समयमा उनीहरूको आलोचना पनि हुन्छ । हालै मात्र अभिनेत्री तापसी पन्नुले अभिनेताको तुलनामा आधा वा एक चौथाइ मात्र पारिश्रमिक पाउने गरेको बताएकी थिइन् । बलिउडका अभिनेत्रीको पारिश्रमिक कति रहेछ, त्यसबारे केही जानकारी लिऔं ।

कंगना रनावत


Advertisement

बलिउडमा महिलाको कामालई लिएर सबैभन्दा बढी आवाज उठाउने अभिनेत्री कंगना रनावतले जयललिताको बायोपिक 'थलाइवी'बाट २४ करोड पारिश्रमिक लिएकी छन् । समाचारअनुसार उनले तमिल र हिन्दी भाषाका लागि यो रकम लिएकी हुन् । उनले यो पारिश्रमिक हालसम्म बलिउडमा कुनै पनि अभिनेत्रीले लिने पारिश्रमिकको तुलनामा बढी हो । कंगना बलिउडमा तीनपटक लगातार राष्ट्रिय अवार्ड जित्ने अभिनेत्री हुन् ।

दीपिका पादुकोण सिंह


Advertisement

अभिनेत्री दीपिका पादुकोण सिंह पनि बलिउडकी महंगी अभिनेत्रीमा पर्छिन् । चलचित्र 'पद्मावत'को समयमा उनले यो चलचित्रका लागि १३ करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो । उनलाई सन् २०१८ को फोर्ब्स पत्रिकाले सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीको स्थान दिएको थियो । त्यो समयमा उनको कमाइ १ सय १२ दशमलव ८ करोड थियो । हालै मात्र उनले आगामी चलचित्रका लागि २१ करोड रुपैयाँसम्म पारिश्रमिक बढाएकी छन् । चाँडै नै दर्शकमाझ उनी अभिनित 'छपक', 'महाभारत' तथा '८३' जस्ता चलचित्र आउँदैछन् ।

प्रियंका चोपडा

अभिनेत्री प्रियंका चोपडाले न् २०१७ मा ७७ करोड आम्दानी गरेकी थिइन् । उनले अभिनेता सलमान खानको चलचित्र 'भारत'का लागि १४ करोड पारिश्रमिक माग गरेकी थिइन् । तर चलचित्रका निर्माताले उनीसँगको कुराकानीलाई टुंगोमा पुर्‍याउन सकेनन् । बलिउडसँगै हलिउडमा पनि व्यस्त प्रियंकाले आफ्नो अन्तर्राष्ट्रिय आइकनलाई ध्यानमा राख्दै आफ्नो पारिश्रमिक अहिले १८ करोड पुर्‍याएकी छन् ।

करिना कपूर

अभिनेत्री करिना कपूर पनि महंगो पारिश्रमिक लिन पछि पर्दिनन् । हालै मात्र रिलिज चलचित्र 'वीर दी वेडिङ'का लागि करिनाले १० करोड पारिश्रमिक लिएकी थिइन् । बलिउडमा दुई दशकदेखि सक्रिय करिनाले अहिले एउटा चलचित्रबाट १७ करोड पारिश्रमिक लिने गरेको साप्ताहिकले लेखेको छ ।

कमेन्ट गर्नुहोस्