×

NMB BANK
NIC ASIA

कालीगण्डकी कोरिडोरको मालढुंगा–बलेवा सडकको निर्माण, अब हस्तान्तरण गरिने

मंसिर २५, २०७६

NTC
Premier Steels

राष्ट्रिय गौरवको आयोजनामध्येको कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डको ९ किमी सडक हस्तान्तरण गर्ने चरणमा पुगेको छ।

Muktinath Bank

करिडोरअन्तर्गतको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक निर्माण र १० मिटर चौडा गर्ने कार्य सकिएसँगै सडक विभागलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली सेनाले निर्माण जिम्मा लिएको ८० किमी करिडोरको ट्र्याक खुलाएपछि अहिले १० मिटर सडक चौडा गर्ने जारी छ । यसमध्येको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक कालोपत्रका लागि आगामी पुस १ गते सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको नेपाली सेनाको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

सडक हस्तान्तरण पूर्व मालढुङ्गा बलेवा खण्डसहित करिडोरको निर्माण अवस्थाबारे बागलुङका सङ्घीय सांसद तथा सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सूर्य पाठकसहित पत्रकारलाई स्थलगत अनुगमनसमेत गराइएको छ । अनुगमनपछि सांसद पाठकले नेपाली सेनाको काम सन्तोषजनक रहेको बताए। करिडोरमा कार्यरत मजदूर र सेनाको सुरक्षाका विषयमा दिइएको सुझाव पनि तत्काल कार्यान्वयन गरेर काम अघि बढाएको पाइएको उनको भनाइ थियो । 

Vianet communication

यसअघि गुल्मी रिडीबाट रुद्रवेणीसम्मको सात किमी नेपाली सेनाले सडक विभागलाई सडक कालोपत्रका लागि जिम्मा दिइसकेको छ । सडक विभागलाई हस्तान्तरण गरिएको पाँच महिनाभन्दा बढी समय बितिसक्दासमेत काम अघि बढेको छैन। 

कालीगण्डकी करिडोर त्रिदेशीय सडक हो । यसले छिमेकी भारत र चीनलाई जोड्नेछ । बागलुङ गुल्मी सडकको ८० किमी खण्ड आगामी असारभित्रै १० मिटर चौडा बनाउने गरी काम अघि बढाइएको छ । 

सरकारले यस करिडोरलाई राष्ट्रिय गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा सडक विस्तारका लागि २५ करोड बजेट विनियोजन गरिएको छ । यसबाट ५१ किमीको सेरोफेरोमा कडा चट्टान काट्नुपर्ने चुनौती छ । यसका लागि अहिले विनियोजित बजेटले नपुग्ने निर्माण कार्यदल प्रमुख भट्टराई बताउँछन्।

‘चट्टान काटेर १० किमी सडक चौडा गराउँदा थप १५ करोड बजेट अनावश्यक हुन्छ,’ उनले भने, ‘बजेटको कमी नभएको खण्डमा आगामी असारअघि नै काम सक्ने तयारी छ ।’ अहिले कडा चट्टान फुटाउन बारुदको अभाव भएको छ । केन्द्रीय मुख्यालयमा माग गरिए पनि बारुद नआउँदा एक हजार ८०० बढी बम पड्काउनका लागि होल तयार गरेर राखिएको छ । 

दर्जनौँ स्थानमा बम पड्काएर मात्र सडक चौडा पार्न सकिने भएकाले सेनाले क्याम्प राखेर काम गरिरहेको छ । सुरक्षा दिने र नियमित सवारी चलाउने दुवै चुनौती सेनाले जिम्मा लिएको छ । हाल यो सडकको मालढुङ्गादेखि पालुङखोलासम्म बस र ट्रकसमेत चल्न थालेका छन् । 

सडकको कतिपय स्थानमा बमसमेत पड्काउनुपर्ने भएकाले सरकारले यो खण्डको काम सेनालाई दिएको थियो । गण्डकी प्रदेशको भारत सिमाना त्रिवेणीधामदेखि चीनको सिमाना कोरला नाकासम्म कोरिडोर ४१७ किमीको हुनेछ । सबै खण्डमा ट्र्याक खुलिसकेको छ ।

मालढुङ्गादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्र्याक खोलेको थियो । सबै सडक खण्डको ट्र्याक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा दिइएको छ । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो । यस खण्ड चौडा पारेर हस्तान्तरण भए लगत्तै सडक विभागले कालोपत्रका लागि काम गर्नेछ ।  – खेमराज गौतम/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x