×

NMB BANK
NIC ASIA

लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो

मंसिर २६, २०७६

NTC
Premier Steels

जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् ।

Muktinath Bank

आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथ्याङ्कअनुसार एक हजार १५५ सामाजिक हिंसाका घटना मिलापत्रमा टुङ्गिएका छन् । यस्तै तीन वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १६० घटना मात्रै सम्बन्धित निकाय अर्थात् स्थानीय तह तथा अदालतमा गएका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। 


Advertisment
Nabil box
Kumari

लैङ्गिक हिंसाविरुद्ध वार्षिक लाखौँ बजेट खर्चेर पनि लैङ्गिक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो । प्रहरीका अनुसार चालू आव २०७६/७७ को कात्तिक मसान्तसम्म २०२ घरेलु हिंसाका ठाडो उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका घटना १७६ छन् । यस्तै आव २०७५/७६ मा भने उजुरीको सङ्ख्या बढेर ७११ पुगेको तथ्याङ्कले देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ५१२ छन् । आव २०७४/७५ मा ४८३ घरेलु हिंसाका ठाडो उजुरी परे । यीमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ३०८ रहेका प्रहरीले जनाएको छ ।

Vianet communication

प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान्–श्रीमती, सासु–बुहारी, देवरानी–जेठानी र अन्यका बीचमा भएको झै–झगडाका घटना हुने गरेका छन् । सोमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका झगडाका घटना बढी दर्ता हुने गरेका प्रहरीको भनाइ छ । महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आव २०७४/७५ मा जिल्लामा ३५ महिला बलात्कृत भएका घटना दर्ता भएका छन् । आव २०७५/७६ मा बलात्कृत हुनेको सङ्ख्या ५६ पुगेको थियो भने चालू आवको कात्तिक मसान्तसम्म २१ बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म ३९ माथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले देखाएको छ । त्यसमा २२ बालिका आव २०७५/७६ देखि चालू आवको कात्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन् । यस्तै आव २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म अर्थात पछिल्ला तीन वर्षमा ७७३ महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् । 

पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारका घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको प्रहरी उपरीक्षक ओली बताउँछन्। उनले भने, 'बलात्कारका बारेमा अहिले खुलेर विरोध गर्ने अवस्था आएको छ, मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएका छन् ।' अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेकोले पनि घटना धेरै बाहिर आउने गरेका उल्लेख गर्दै उनले भने, 'लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन्, सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन्, केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन् ।' काशीराम शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x