×

NMB BANK
NIC ASIA

धनुषा विस्फोटमा ‘विप्लव समूहको संलग्नता’ ? प्रहरीमा क्षति

मंसिर २८, २०७६

NTC
Premier Steels

३ जनाको ज्यान जाने गरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

Muktinath Bank

चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए । उनीहरूले कुकर बम विस्फोट गराएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैंका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ प्रहरी नायब उपरीक्षक कार्कीले भने ।


Advertisment
Nabil box
Kumari

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रवार राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित १ प्रहरी निरीक्षकको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ ।

Vianet communication

विस्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डीएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विस्फोट भएको जानकारी दिए ।

स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले झोला चलाएकाले विस्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । प्रनाउ कार्कीले भने, ‘घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्काे पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ ।’

उनले भने, ‘घटनास्थलमा मानिसहरू जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विस्फोट भएको जिकिर गर्दै प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिए । उनले  भने, ‘प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विस्फोट गराइएको छ ।’ उनले विष्फोट हुनुअघि परिवारले समेत पोको खोलेको स्थानीयको भनाइ उदृत गर्दै बताए । उनले पनि प्रहरीले पोको नछोएको जिकिर गरे ।

शुक्रवार राति १२ बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसकेका छन् । यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुने गरी विप्लव समूहले बम विस्फोट गराएको थियो । 

विस्फोटमा ३ जनाको मृत्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । घटनामा बम बनाउँदै गरेका समूहका सदस्य नै मारिएका थिए । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो ।

गत फागुन १० गते राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि विप्लव समूहले नै बम विस्फोट गराएको थियो । विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । घटनामा संलग्न पक्राउ परिसकेका छन् ।

विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ । – नारायण ढुंगाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x