×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा भौतिक संरचना निर्माणमा चरम ढिलासुस्ती गरेको समाचारहरु हामीले पढ्दै तथा सुन्दै आइरहेका छौं । राजमार्गमा दर्जनौं पुल अलपत्र परेका, सरकारी भवनहरु लथालिंग छोडिएको, कामै नगरी ठेकेदार भागेको भन्ने समाचार सुन्न हामी बानी नै परिसकेका छौं ।

Muktinath Bank

तर वीरेन्द्रनगरमा एक ठेकेदार कम्पनीले समयावधी भन्दा पहिले नै काम सम्पन्न गर्न लागेको छ । खुलामञ्चको वरिपरि करिब ७०० मिटर लम्बाई, ६० इन्चको सोलीड पर्खाल तथा पाँच फिट अग्लो फलामको बार लगाउने ठेक्का पाएको मजदुर कन्स्ट्रक्सनको काम ७० प्रतिशत भन्दा बढी सकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाका इन्जिनियर विशाल अधिकारीका अनुसार फालामको बार पनि तयार भइसकेको छ भने उक्त बार जोडन मात्रै बाँकी रहेको छ । लागत स्टिमेट एक करोड ८० लाख रहेको उक्त पर्खाल नगरपालिकाले आफ्नै श्रोतमा निर्माण गरिरहेको हो ।


Advertisment
Nabil box
Kumari

‘निर्धारित समयभन्दा अघि नै निर्माण कम्पनीले काम सम्पन्न गर्न थालेको छ,' भदौ दुई गतेदेखि निर्माण कार्य सुरु गरेको कम्पनीले माघको आसपाससम्म काम सकिसक्ने भन्दै इन्जिनियर अधिकारीले भने, ‘ठेकेदार कम्पनीले काममा तीव्रता दिइरहेको छ ।’

Vianet communication

खुलामञ्चलाई किन घेरबार गरियो भन्ने प्रश्नमा संरक्षण गर्न भन्ने जवाफ नगरउपप्रमुख मोहनमाया ढकाल बताउँछिन । ‘विगतमा खाली जग्गा अतिक्रमण गर्ने, हडप्ने, जथाभावी पसल थाप्ने र नगरपालिकालाई हटाउन झन्झट हुने गरेको छ,' उनले भनिन, ‘त्यो समस्याबाट सधैंका लागि छुटकारा पाउन हामीले खुलामञ्चको घेरबार गर्न लागेका हौं ।’

सार्वजनिक जग्गाको संरक्षण गर्दा भविष्यमा फाइदा पुग्ने बताउँदै नगरपालिकाले यस्तो निर्णय गरेको उनको भनाई छ । ‘भविष्यमा बजेट भएको खण्डमा यसलाई पार्क बनाउने योजना हाम्रो छ, 'उपप्रमुख ढकालले भनिन, ‘शहरीकरण बढदै गएकाले पार्कमा आइ रमाउने, मर्निंग वाक गर्ने, रमणीय पाक बनाउन सकिन्छ । जग्गा नै नबचे के मा बनाउनु पार्क ?'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x