×

NMB BANK
NIC ASIA

भूकम्प आएको बेलामा एक फेसबूके अभियान्ताले गहभरि आँसु निकालेर युरोपमा सहयोग अभियान चलाएछन् । बारीको पाटामा डा. रामशरण महतले दिएको टिनको पातालाई कहालीलाग्दो गरेर पीडितहरूले टाँगेका थिए । डा. बाबुराम भट्टराईको आर्किटेक्टले त्यो टिनको पाता घोप्टो पारिदियो । त्यही टिनको पाताको फोटो सामाजिक सञ्जालमा देखाएर ती सामाजिक अभियान्ताले हृदयविदारक क्याप्सन लेखेछन्– जो थियो सबै सकियो, मिनेटभरिमा जीवन तहसनहस भयो । 

Muktinath Bank

लौ न नि सहयोग गर्नु पर्‍यो भन्दै कमलो मन भएका महिलाहरूलाई फेसबूक कल गरेर त्यो अभियान्ता माइती घरबाट दुलही अन्माउँदा बाको अंगालो हालेर रूने दुलही जस्तो क्वाँ–क्वाँ रुने रहेछ । मानौं कि भूकम्पले उसको हृदय क्षतविक्षत् भएको थियो, उसको गाई गोठ ढलेको थियो, उसका ४ जना नानीहरू गोठमा पुरिएका थिए, उसको अन्नपानी सबै धूलोमा मिसिएको थियो, उसको एउटा हात गुमेको थियो, उसको जायजेथा सखाप भएको थियो । बुढालाई नभन्नुहोला है थाहा पायो भने मार्छ, भन्दै बुढासँग डराउने ती अञ्जान महिलाहरूले आफूले काम गर्दा कमाएको टिप्सबापतको रकम उसलाई थमाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समयपछि हल्ला चल्यो– त्यसरी सहयोग बटुल्ने व्यक्तिले ‘टेक अ अवे’ किसिमको नयाँ रेस्टुरेन्ट उद्घाटन गर्‍यो । अरे यार, भएको पैसा निकै बाठी बूढीको आँखा छलेर क्यासिनो खेलेर सकेको थियो । तास खेल्दा पैसा सकिएर एटीएम कार्ड नै धितोमा राख्ने गरेको थियो । ऊ डामाडोल नै भएको थियो । मानिसहरूले शंका गरे– भूकम्पका नाममा उठाएको राहत रकम कम्तिमा १३ हजार यूरो गडबड भयो । उसले त भूकम्पपीडितको नाममा उठाएको रकम रेस्टुरेन्टमा लगानी पो गरेछ । यो कसरी थाहा भयो भने अरूले सहयोग हस्तान्तरण गरेको कार्यक्रमको फोटो हामीले गरेको हो भन्ने रहेछ । क्रस चेकमा फेल खायो ऊ । 


Advertisment
Nabil box
Kumari

सबैभन्दा लाज लाग्ने कुरा त के भने, उसको कागज अर्थात् स्थायी बसोबास अनुमति पत्र नै रहेनछ । तुरुन्तै भूकम्पपीडितका नाममा वकिल भिडाएछ । अलिकति यूरो वकिललाई पनि खर्च गर्‍यो । यसपालिको एनआरएन निर्वाचनमा ऊ काठमाडौं पुगेको थियो । छाते टोपी लगाएर नचिन्ने गरी ह्यात होटल वरिपरि हिँडेको देख्नेहरू नै उसलाई देखेर लजाएका थिए । शायद लाजसँग लाज नै लजाएको थियो त्यो क्षण । 

Vianet communication
के हाम्रा विकासका आयोजनाहरू सामाजिक सञ्जालले नै बनाइदिनुपर्ने अवस्था आएको हो त ? के राज्य नै सामाजिक सञ्जालले बनाएको घारणामा चल्दैछ त ? के यो देशका नागरिकप्रति यो राज्यको कुनै समाजवादी नीति नभएकै हो त ?

तपाईं मान्नुहोस्, नमान्नुहोस् भूकम्प आएको समयमा धेरै जनाले कमाए । कमाउन नसकेकाहरूले मोज गरे । एनआरएनएले बनाउने भनेको बारपाक बस्तीमा धेरैले मोज गर्दैछन्, अनुगमनका नाममा । त्यो घर हैन, गोठ पनि हैन, टौवाजस्तो बनेको छ । र त्यो टौवामा खरायो पनि बस्न घिन मान्छ । यसरी कुनै संस्थाको खोल ओढेर ठूटे नेता भएर धेरैले संस्थागतरूपमा पैसा कमाए । कतिपयले सामाजिक सञ्जालमार्फत् घेरै–थोरै भए नि छिर्के हाने । विदेशी राहतमा सरकारले पनि अलिअलि मह लागेको हात चाट्यो । स्थायी सरकार र अस्थायी सरकारको बीचमा माफियागिरी गर्नेहरूले पजेरो चढे । यहाँ के–के गरे–गरे, तर प्रत्यक्ष रूपमा पीडितले भने खासै केही पाएनन् । पाएको भए रेडियोबाट बेलाबेलामा समाचार पाए होलान् ।

एकजना राई थरका युवाले पाकिस्तानी केटा मारेछन् । त्यो पाकिस्तानी पठान रहेछ । कुकार्यको हर्कतका बावजुद त्यो घर्मछाडा पठानले राईको छोराको किक भेटेछ । ठहरै भएछ । अब राईको सुरो छोराले भेट्यो फाँसीको फन्दा । मेरा बाबै, चारैतिर रुवाबासी भयो । युट्युबेहरू सारा रोए । आमा रोए । बा रोए । देशवासी रोए । सरकारले गाली खायो । अनेक भयो । फाँसीको फन्दाबाट जोगाउन उनका लागि सहयोग अभियान चल्यो । करोडभन्दा धेरै पैसा उठ्यो तर युएईका शेखको क्षमादानपश्चात ब्लडमनी रकम नतिरी ती राईका छोरा नेपाल आए । तर त्यो एक करोड खै ? यस्तो प्रश्न गर्‍यो भने अब यहाँ लडाईं हुन सक्छ । काटाकाट, मारामार, हानाहान हुन सक्छ । सहयोगका नाममा पैसा उठाएर अभियान्ता तथा पूरै सामाजसेवी पो भैसके त हाउ ! पैसाको बारेमा खोजतलास गर्नेलाई प्रतिष्ठान नै पो जाग्छ त हाउ ! लाखे रामराम, सेवारो, अब मुख बन्द !

उच्च हैसियतको छु भन्ने भ्रम पालेर तराजुको नेता कहलिए, रवीन्द्र मिश्र । धेरैले भन्छन्– उनलाई बीबीसी नेपाली सेवा नै एकदम ठीक थियो । खै कुन पापीले आँखा लगाइदियो, उचालिदियो । केजरीवाल स्टाइलमा उनी राजनीतिमा आए । राजनीतिमा आउनुभन्दा पहिले उनको कर्म थियो परोपकारी पत्रकारिता । अर्थात्, जन्मदिनमा पैसा दान गरे उनी असुल्थे । बिहेको वर्षगाँठ वा कुनै शुभकार्यमा उनी परोपकारका लागि पैसा संकलन गर्थे । उनलाई धेरैजसो राम्री–राम्री महिलाहरूले परोपकार पत्रकारिताका लागि पैसा दिने गर्थे तर किन यसो गर्थे त्यो मैले अहिलेसम्म बुझ्न सकेको छैन । उनलाई अहिले हिजो सामाजिक सञ्जालको प्रयोग गरेर उठाएको परोपकारी पैसाबारे प्रश्न गर्दा झिँजो मान्छन् र भन्छन्– हाम्रो वेबसाइटमा गएर हेर्नुहोस् । ए बन्धु, परोपकारी काम वेबसाइटमा हैन समुदायमा हुन्छ । वेबसाइटमा त एनजीओ, आईएनजीओको रिपोर्ट पो हुन्छ ।

धुर्मुस–सुन्तली अलिक उच्च कोटीका समाजसेवी हुन् तर मलाई के लाग्छ भने फेसबूक प्रयोग गरेर उठाएको आर्थिक सम्पत्ति के पारदर्शी छ त ? के हामी धुर्मुस–सुन्तलीलाई अल्लाह अकबर, जिसस क्राइस्ट, भगवान शिवशंकरलाई जस्तै आँखा चिम्लेर विश्वास गर्न सक्छौं त ? यो केवल प्रश्न मात्रै हो, आशंका होइन । आशंका यसकारण होइन, यो जोडीले विगतमा केही उदाहरणीय काम गरेर प्रमाणित गरेका छन् । मुख्य कुरा के हो भने नेपालमा जे गर्नका लागि पनि तपाईं भन्नुहोस्, बिरामीको उपचार गर्न, ग्रामीण भेगमा अस्पताल बनाउन, राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन गर्न, गरीबका लागि घर बनाउन, क्रिकेट रंगशाला बनाउन, कसैलाई स्कूलमा भर्ना गर्न, पढाउन यी सबै गर्न कुनै एक सामाजिक सञ्जाल प्रयोगकर्ता अभियान्ता बनेर निस्कनु पर्ने । भनेपछि हाम्रो राज्य जो हाम्रै करमा सञ्चालित छ, उसको कर्तव्यचाहिँ के त ?

महावीर दाइले आफूले आविस्कार गर्न खोजेको के हो, त्यो त भन्नुपर्‍यो नि !

दाबाका साथ भन्नुपर्छ– क्रिकेट रंगशालाका लागि सुन्तला बेच्ने कुरा र ठेलाका अगाडि त्यस किसिमको टिठलाग्दो धुर्मुस अभिनय नाटक हो, फगत नाटक नै हो । ठमेलको आफ्नो रेस्टुरेन्टमा जुत्ता लगाएर बस्ने महावीर पुन दाइको त्यो भाइरल चप्पलको दृश्य पनि नाटक हो, केबल नाटक हो । यस्ता नाटकले सामाजिक सञ्जालमा गरिखानेहरूको हुल धेरै जन्माउन सक्छ । ल बहस नै गरौं– महावीर दाइले बनाउन खोजेको के हो ? आविस्कार गर्न खोजेको कुरा के हो ? ल ड्रोन हो । ड्रोन आविस्कार भैसक्यो । सस्तोमा किन्न पाइन्छ । कृषि औजारहरू सबै आविस्कार भैसके । मःम पकाउने भाँडो पनि आविस्कार भैसक्यो । इन्टरनेट सिमकार्डमा आउन थाल्यो । भर्खरै जन्मिएको शिशुलाई न्यायो बनाउने उपकरण पनि बाजरमा सस्तोमा नै पाइन्छ । अब दाइले आफूले बनाउन लागेको चिज त यो हो भन्नुपर्‍यो नि ! तर त्यस्तो केही देखिन्न । कृषि क्याम्पसको जग्गा नासेर धुर्मुसले जे गरे पनि ओहो! ठीक गरे भन्नुपर्ने ? सामाजिक सञ्जालमा उनको फोटो राखेर आफ्नै दुनो सोझ्याउने कथित अभियान्ताहरूको ढाड कसले सेक्ने ? 

हामीले यतिखेर सामाजिक सञ्जालमा सहयोग उठाउनुपर्ने हो कि यो निरीह राज्यविरुद्ध विद्रो गर्नुपर्ने हो ? यसमा विचार आ–आफ्ना होलान् । अहिले महावीर पुनजीले सामाजिक सञ्जालमा सहयोगको अपिल गरिरहनुभएको देखिन्छ, राष्ट्रिय आविस्कार केन्द्रका निम्ति । यो कतिपयका लागि खुशी कै कुरा हो । सस्तो लोकप्रियताका लागि राम्रै हो । कतिपयका लागि भने दुःखको कुरा हो । कम्तिमा मेरा लागि दुःखको कुरा । हामीले क्रान्ति भन्यौं, आन्दोलन भन्यौं, परिवर्तन भन्यौं, तर के आज आएर हामीले हाम्रा आधारभूत आवश्यकताहरू पूरा गर्न सामाजिक सञ्जालको भर पर्नुपर्ने हो त ? के हाम्रा विकासका आयोजनाहरू सामाजिक सञ्जालले नै बनाइदिनुपर्ने अवस्था आएको हो त ? के राज्य नै सामाजिक सञ्जालले बनाएको घारणामा चल्दैछ त ? के यो देशका नागरिकप्रति यो राज्यको कुनै समाजवादी नीति नभएकै हो त ? यी प्रश्न निकै विचरणीय छन् ।

आज एउटा मन्त्रीको भन्दा एउटा युट्युबरको कुरा जनताले बढी सुनिरहेका छन् । आज कुनै मूलधारको मिडियाका प्रमुख समाचारभन्दा कुनै व्याक्तिको फेसबूक स्टाटसले धाराण बन्ने र राज्य प्रभावित हुने अवस्था आएको छ । यसलाई म आईटी अथवा भर्चुअल रिभोलुसन मान्न तयार छैन । राज्यकै कमजोरीका कारण आज कुनै मिडियाकर्मीलाई मानिसहरूले भविष्यको प्रधानमन्त्री भन्न थालेका छन् । हामीले संविधानको रक्षा गर्ने नै हो भनेपनि सामाजिक सञ्जालमा हुने यस्ता आर्थिक गतिविधिहरूलाई पूर्णतया बन्द गर्नुपर्दछ । बरु पब्लिक डोनेसनको अवधारणालाई एकद्वार नीतिमार्फत सरकारले प्रभावकारी बनाइदिनुपर्छ ।

कसको खुट्टा भाँचिएको छ, कसको आँखामा समस्या छ, कसको मिर्गौला ड्यामेज छ यिनीहरूसँग पूरै देशको रेकर्ड छ । यिनले त सोच्दा हुन्, यो देशमा फेरि भूकम्प आइदिए पनि हुन्थ्यो ।

अहिले स्थिति यस्तो भएको छ कि तपाईं सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्न भने तपाईं समाजमै हुनुहुन्न वा सामाजिक प्राणी नै हैन । सामाजिक सञ्जालमा फ्लोरेन्स नाइटिंगेल, मदर टेरेसाहरू धेरै जन्मिसकेका छन् । अहिले दुःखी बिरामीहरू स्वास्थ्य मन्त्रालय धाउँदैनन्, ईशा गुरुङ दिदी खोज्दै हिँड्छन्, भाग्य न्यौपाने खोज्दै हिँड्छन् । ईशा र भाग्यको सिको गरेर यहाँ हजारौंले गरिखाने बाटो बनाएका छन्, कथित सामाजिक सञ्जालको सहयोग अभियान । पैसा खाएको भन्छ एउटा समूहले, खाएको छैन भन्छ अर्को समूहले । यहाँ त सहयोग अभियान्ताहरूबीच ग्याङ फाइट नै होलाजस्तो भैसकेको छ । ग्याङ फाइट भयो भने मुकुन्द घिमिरे त रुखमा चढ्लान्, ज्वाला संग्रौला के माथि चढ्ने होला ? विषय बडो गम्भीर छ । 

अर्को कुरा तपाईं फेसबूक चलाउन जान्नुहुन्न ? उसो भए त लौ बर्बाद भयो । फेसबूक चलाउन नजान्ने पनि के मान्छे ? फेसबूक चलाउन जान्नुहुन्छ तर कुनै महान अभियान्ता बनेर लोकवासीको दुःख–पीडामा साहारा दिन सक्नुभएको छैन ? ओहो! झन बर्बाद पो भयो । खत्तम नै भयो । यस्तो जीवन पनि बाँच्नुहुन्छ यार, जब कि तपाईंले फेसबूकमा कुनै दुःखी–पीडितका निम्ति सहयोग अभियान चलाउनु भएकै छैन । कोही पीडितका बारेमा जानकारी पाउनेबित्तिकै पूरै राजेश हमालको शैलीमा हे! भन्दै फेसबूकमा जीवन दानका निम्ति हाजिर भए पो ‘यू आर समथिङ स्पेशल, नत्र त कठै नथिङ !

उता युट्युबवालाहरू पनि खतरा छज् । नेपाल भन्ने देशको कुन गाउँमा, कुन ठाउँमा को वर्षौंदेखि दाम्लेले बाँधिएर  बसेको छ, ठ्याक्कै थाहा पाउने । कसको घरमा रहेको पैसा कान्छी बूढीले चोरेर लगी त्यो पनि पत्तो पाउने । अनि फेसबूकमा फेरि शुरू हुन्छ, राजेश हमालको शैली– ‘हे! हामी छौं ।’ कसको खुट्टा भाँचिएको छ, कसको आँखामा समस्या छ, कसको मिर्गौला ड्यामेज छ यिनीहरूसँग पूरै देशको रेकर्ड छ । यिनले त सोच्दा हुन्, यो देशमा फेरि भूकम्प आइदिए पनि हुन्थ्यो । आबुइ! यी असत्तिहरू पैसाका निम्ति यतिसम्म कठोर कल्पनामा रमाउन सक्छन् ? हराउन सक्छन् ?

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x