×

NMB BANK
NIC ASIA

उपेन्द्रले साथ छोड्दा ओली सरकारले गुमायो दुई तिहाइको हैसियत

पुस ८, २०७६

NTC
Premier Steels

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाडेसँगै वर्तमान सरकारले दुई तिहाइको सरकारको हैसियत गुमाएको छ ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब बहुमतको सरकारमा सीमित भएको छ, यद्यपि यसले सरकारलाई खासै ठूलो फरक भने पर्ने देखिँदैन । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग स्पष्ट बहुमत छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपासँग १ सय ७४ सांसद् छन् । यस्तै कांग्रेसका ६३, राजपा र समाजवादीका समान १७ तथा नेमकिपा, राप्रपा, राजमो र एक स्वतन्त्र गरी स्वतन्त्र हैसियतका ४ सांसद छन् ।


Advertisment
Nabil box
Kumari

नेमकिपा, राप्रपा र राजमो तीनैले राष्ट्रिय दलको मान्यता पाएका छैनन् ।

Vianet communication

यसमध्ये नेकपा, कांग्रेस र राजपाका १/१ सांसद क्रमश: कृष्णबहादुर महरा, आफ्ताब आलम र रेशम चौधरी जेलमा छन् भने समाजवादी पार्टीका हरिनारायण रौनियार निलम्बित अवस्थामा छन् ।

यसअघि प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदा ओलीले ३ चौथाइ सांसदको समर्थन पाएका थिए । ओलीको पक्षमा २०८ र विपक्षमा ६० मत परेको थियो ।

त्यतिबेला ओलीलाई समर्थन गरेको राजपाले यसअघि समर्थन फिर्ता लिइसकेको छ । 

नेकपाकै बागी बनेर चुनाव जितेका छक्कबहादुर लामा र गठबन्धनकै राजमो उम्मेदवार दुर्गा पौडेलको मत जोड्दा पनि सरकारको पक्षमा १७६ मत मात्र पुग्छ ।

दुई तिहाइका लागि १८४ सांसदको समर्थन चाहिन्छ । अहिलेको अवस्थामा दुई तिहाका लागि कम्तिमा ८ सांसद अपुग भएको देखिएको छ ।

प्रतिनिधि सभा कुल २७५ सदस्यीय हो ।

   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x