भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ र आर्मी विजयी

पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपीएफले विजयी शुरूआत गरेको छ ।

एपीएफले शनिवार भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो ।


Advertisement

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अंकले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो । अर्को खेलमा आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अंकले पराजित गरेको हो । 

विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्