×

NMB BANK
NIC ASIA

सस्ताेमा खाना खुवाउने लहर: झापामा १० रुपैयाँमै अघाउन्जेल खाना

माघ ५, २०७६

NTC
File Photo
Premier Steels

सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका ३ युवाले तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन्।

Muktinath Bank

मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक ५ सय जनालाई खाना खुवाउँदै आएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएको युवा व्यवसायी प्रविनले बताए। उनले भने, 'चिसो मौसममा कतिपय घरमा खान नभएर भोकै काममा हिँड्नु पर्ने हुन्छ अनि कतिपय सडक बालबालिका खानाको खोजीमा चिसोमा भौँतिरिरहेका हुन्छन्, उनीहरुलाई सहजताका लागि हामी तीन जनाले १० रुपैयाँमै खाना दिन शुरु गरेका हौँ।'


Advertisment
Nabil box
Kumari

सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदूरलाई धेरै सहज भएको उनले बताए। उनले भने, '१० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग पनि पैसा माग्दैनौँ, सहयोगका लागि टोकरी राखिदिएका छौँ, इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिनुन्छ।' सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ। बिहानको चिसोमा तीन युवा आफैँ खानाको तयारीमा जुटछन्। उनीहरुसँगै अरु तीन जना कालीगढ पनि बिहानै निस्कन्छन्। बिहानै ६-७ जनाको समूहले तयार गरेको खाना वितरणका लागि दुई महिलाले सधैँ सहयोग गर्दै आएका छन्।

Vianet communication

 बिहान ७ बजेबाट खाना वितरण शुरु हुन्छ । दश बजेसम्म खाना खानेको चोकमा भीडभाड हुन्छ । '१० रुपैयाँमा खाना वितरण गर्नेभन्दा शुरुमा कसैले पत्याएका थिएनन्,' पुरुषोत्तमले भने, 'विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, प्रदेश नं १ का उद्योग वाणिज्य सङ्घका सदस्य बलराम कार्कीको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम शुरु गर्दा सबैले हाँसो मजाकमा उडाउनुभयो, तर अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग जुट्न थालेको छ ।'

विर्तामोडमा १० रुपैयाँमा खाना दिन शुरु गरेपछि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको शुरुआत गरेका छन् । झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय, मजदूर, सडक बालबालिका र असहायका लागि सहज भएको छ ।  सुरेन्द्र भण्डारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x