यी हुन् युरेनियम उत्पादन गर्ने ठूला राष्ट्रहरू, जसले वार्षिक खर्बौं डलर कमाउँछन्

नेपालको मुस्ताङमा युरेनियम खानी रहेको पत्ता लागिसकेको छ । खानी तथा भूगर्भ विभागले गरेको प्रारम्भिक अध्ययनमा मुस्ताङको लोमान्थाङमा करिब १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा फैलिएको बताइएको छ ।

मकवानपुरमा पनि युरेनियम रहेको जानकारीका आएको भूगर्भविदहरूले बताउने गरेका छन् । नेपाल सरकार यसका बारेमा अनविज्ञ भएको झैं गरिरहेको छ । नेपालमा करीब ३५ टन शुद्ध युरेनियम रहेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।


Advertisement

युरेनियम उत्पादन गर्ने विश्वका धेरै राष्ट्रहरूमध्ये काजकिस्तान पहिलो नम्बरमा आउँछ । संसारमा उत्पादन हुनेमध्ये ३९ प्रतिशत युरेनियम काजकिस्तानमै उत्पादन हुने 'वर्ल्ड न्युक्लियर एसोसियसन'ले बताएको छ ।

काजकिस्तानले हालसम्म २३ हजार ८ सय टन युरेनियम उत्पादन गरेको छ ।


Advertisement

युरेनियम उत्पादन गर्ने दोस्रो ठूलो देश क्यानाडा हो । क्यानाडाले संसारको कूल उत्पादनमध्ये २२ प्रतिशत युरेनियम उत्पादन गर्छ । क्यानाडाले हालसम्म १३ हजार ३ सय २५ टन युरेनियम उत्पादन गरिसकेको छ ।

युरेनियम उत्पादन गर्ने तेस्रो ठूलो देश अष्ट्रेलिया हो । अष्ट्रेलियाले हालसम्म ५ हजार ६ सय ७२ टन युरेनियम उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बेचिसकेको छ ।

त्यस्तै नाइजर युरेनियम उत्पादनमा चौथो ठूलो देश हो । नाइजरले हालसम्म ४ हजार ५७ तन युरेनियम उत्पादन गरिसकेको छ । युरेनियम उत्पादनमा चीन आठौँ ठूलो राष्ट्र हो भने अमेरिका नवौं ठूलो राष्ट्र हो ।

युरेनियम उत्पादन गर्ने दशौँ ठूलो राष्ट्र युक्रेन हो, जसले हालसम्म ९ सय २६ टन युरेनियम उत्पादन गरिसकेको छ ।

विभिन्न अध्ययन अनुसार नेपालमा ३५ टन शुद्ध युरेनियम रहेको पत्ता लागेको छ । ३५ टन युरेनियम सानो परिणाम होइन । प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सके केही वर्षमै नेपाल मध्यम आयको राष्ट्र हुन सक्छ ।

युरेनियम उत्पादन गरेर बेच्नेमध्ये अधिकांश देशहरूको प्रतिव्यक्ति आय हजारौं डलर छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्