धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ ।
लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक झण्डै १६ अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.९५ विन्दुले घटेर १ हजार २९७.४७ मा झरेको छ ।
१ हजार ३०० को विन्दुमाथि पुगेको बजार बिहीवारको ओरालो यात्रासँगै १ हजार २०० को विन्दुमा झरेको हो । सेन्सेटिभ परिसूचक ३.५९ ले घटेर २७८.७२ मा पुगेको छ ।
नेप्सेले ओरालो यात्रा तय गरेपनि कारोबार रकम भने सवा अर्बमाथि रहेको छ । कूल १७२ कम्पनीको ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपैयाँमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार २ उपसमूहको मात्रै शेयर बढेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । अन्य १.७२ र जीवन बीमा ४०.८८ ले बढ्दा बैंकिङ २१.२३, व्यापार ११.६६, होटल ३२.५६, विकास बैंक १९.२७, जलविद्युत् १५.५२, वित्त ७.२६, निर्जीवन बीमा ६६.६२, उत्पादन १२.५४, लघुवित्त १४.९८ र सामूहिक लगानी कोष ०.०२ ले घटेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा बिहीवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ४२ लाख ९८ हजार ८७१ रुपैयाँ बराबरको कारोबार भयो । ग्लोबल आईएमई बैंक १५ करोड ५६ लाख ९७ हजार ४३५ रुपैयाँ, नेपाल बैंक ५ करोड ८५ लाख ८१ हजार ४९५ रुपैयाँ, शिखर इन्स्योरेन्स ४ करोड ४९ लाख ५६ हजार ३५५, नेको इन्स्योरेन्स ४ करोड ६२ लाख ९३ हजार २५४, सूर्या लाइफ इन्स्योरेन्स ३ करोड ८५ लाख ९५ हजार ९९२ र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ८२ लाख ७७ हजार ६८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सिनर्जी पावर ९.४७, मिथिला लघुवित्त ४.८०, कञ्चन डेभलपमेन्ट बैंक ४.०७, समृद्धि फाइनान्स ३.९६, नेरुडे लघुवित्त विकास बैंक ३.९१ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले कमाए । सिद्धार्थ इक्विटी फण्ड ६.९६, मन्जुश्री फाइनान्स ५.६०, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, आशा लघुवित्त वित्तीय संस्था ४.४७, पञ्चकन्या माई हाइड्रोपावर ४.३० र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाए ।
लोकान्तर संवाददाता