राष्ट्रियसभामा निर्वाचन: प्रदेश १ बाट तीनै जना नेकपाका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर : मनोज दाहाल/रासस

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा  सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ।


Advertisement

दलिततर्फका सदस्यमा निर्वाचित अच्छामी ६ हजार ३ सय ३० मतभारसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ पाए। 

महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाइन्।


Advertisement

त्यसैगरी, अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाउँदा  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ मत पाए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्