ख्याल गर्नुस् चुम्बन गर्दा सर्न सक्छन् यी रोग

चुम्बन मायाकाे पर्यावाचीकाे रुपमा पनि लिने गरिन्छ। विशेषगरी जोडीको प्रेमको पहिलो निशानीको रुपमा यसलाई लिइन्छ। 

युवायुवती बीचको सम्बन्ध प्रगाढ बनाउन चुम्बनले भूमिका खेल्छ। यसले मानसिक स्थिरता अनि शारिरीक सामिप्यता बढाउँछ।


Advertisement

तर चुम्बनका बेफाइदा पनि छन्। चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको खतरा रहन्छ।

संक्रमण सर्ने खतरा : चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ। शारिरीक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ।


Advertisement

रुघाखोकी : रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ। रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन नगर्नु नै बेस हुन्छ।

फोका वा ठेउला उठ्ने: ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।

खटिरा : यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।

 

श्वासप्रश्वास सम्बन्धी समस्या : ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चुम्बनको माध्यमबाट सर्न सक्छ।

गिजासम्बन्धी रोग: गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्