×

NMB BANK
NIC ASIA

कमैयाको झुपडीमा निभेको चुल्हो बाल्दै मनकारी विष्णु, सरकारी राहत फिर्ता !

जेठ १७, २०७७

NTC
Premier Steels

धनगढी उपमहानगरपालिका–८ मनेहरास्थित मुक्तकमैया शिविरका ६४ वर्षीय आशाराम डंगौरा थारु शारीरिक रुपले असक्त छन् । हिँड्न सक्दैनन्,आँखा पनि देख्दैनन् ।

Muktinath Bank

डंगौराका छोरा कामको खोजीमा भारत पसेको ६ वर्ष बितेको छ । २ वर्षसम्म सम्पर्कमै रहेका उनका छोरा ४ वर्षयता सम्पर्कविहीन छन् । उनकी पत्नी पनि गएको पुसमा दुनियाँ छाडेर गइन् । त्यसयता उनी एक्लो र बेसहारा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जीवनको उत्तराद्र्धमा उनी छिमेकीको सहारामा बाँचेका थिए । उनै छिमेकी कोरोना भाइरस (कोभिड १९) महामारीले संकटमा फसेपछि उनको जीवन नै दाउमा परेको थियो ।


Advertisment
Nabil box
Kumari

तर धनगढी उपमहानगरपालिका–७ का विष्णु खनालले सहयोग सामग्रीसहित उनको चुल्हो बाल्न पुगेपछि निभेको उनको मन ढपक्क बल्न पुगेको छ ।

Vianet communication

मेरो त छिमेकीको भान्सामा खाना पाक्छ, डंगौराले भने, ‘यो संकटमा हामीलाई सहयोग गर्ने उहाँ हाम्रो लागि भगवान् जस्तै हो । आफ्नै छोराको सहारा नपाएको यो वृद्ध अवस्थामा भगवान्ले मलाई अर्को छोरो पठाएको अनुभूति भएको छ ।’

शिविरका ६५ वर्षीय बेचन डगौरा र उनकी ६४ वर्षीया पत्नी सुख्नीदेवी डगौरा पनि खनालको सहयोगबाट हर्षित छन् । बेचनका ३ दाजुभाइ आ–आफ्नो परिवारसहित अलग बसेका छन् । कोरोनाको संकटमा अप्ठ्यारोमा परेका ती परिवारलाई पनि खनालको परोपकारी कदमले बुढेसकालमा दुःखेको मनमा मल्हम लगाएको छ ।

बेचन र सुख्नीसँग ११ वर्षीय नाति पनि छ । उनकी माइली बुहारीले विष सेवन गरेर आत्महत्या गरेपछि उनको माइलो छोराले अर्को विवाह गरेका छन् । माइलो छोराको पहिलो बुहारीबाट जन्मेको बच्चालाई उनीहरूले आफूसँगै राखेका छन् ।

गाह्रो परेको बेला छोराहरू सहयोग गर्थे तर यो बेला उनीहरू आफैं समस्यामा छन्, सुख्नीले भनिन्, ‘शिविरका हामी सबै मजदुरी गरेर खाने परिवार बस्छौं । लकडाउन भएको २ महिना पुग्यो । यो बीचमा सरकारले पनि केही राहत दिएको छ तर काम पनि ठीकसँग गर्न पाएका छैनौं । आफ्नै स्रोत बन्द भएपछि अप्ठ्यारै हुन्छ । बेलाबेलामा खनाल छोराले गर्दै आएको सहयोगको कुनै मोल छैन ।’

दीनदुःखी देख्दा भावविह्वल हुने खनाल दीनदुःखी देख्दा आफ्नै विगत स्मरण हुने बताउँछन् । धेरै गर्न नसकेपनि थोरैलाई थोरै दिएर पनि सहयोग गर्न पाउँदा सुखानुभूति हुने उनले बताए ।

आफ्नो पनि आयस्रोत त्यतिधेरै नभएको बताउने उनी भन्छन्, ‘के भनौं,मन हुनेलाई धन हुँदैन,धन हुनेलाई मन हुँदैन । आफ्नो धेरै त छैन तर केही नभएकालाई थोरै सहयोग गर्न पाउँदा मन सन्तुष्ट हुन्छ ।’

उनी आजभोलि समस्यामा परेका वृद्धवृद्धा,अपाङ्गता भएका व्यक्ति र अनाथ गरी ४ मुक्तकमैया परिवारका १६ जनाको पेट पाल्नुका साथै आवश्यक अन्य सहयोग पनि गर्दै आएका छन् ।

शिविरका ६१ वर्षीय तेजुराम चौधरी पनि संकटको बेला खनालबाट सहयोग पाएको सुनाउँछन् । उनले आवश्यक सामग्री खनालबाट सहयोग पाएपछि राज्यले दिएको राहत फिर्ता गरेका छन् । उनी भन्छन्, ‘बरु हामी जस्तै गरीब परिवारलाई राहत दिनु भनेर नगरपालिकाले दिन लागेको राहत लिएका छैनौं ।’

खनालले मुक्तकमैया शिविरका बोल्न नसक्ने एक महिलालाई पनि सहयोग गर्दै आएका छन् । खनालले भने, ‘उहाँको पनि कोही छैन । नाम थाहा छैन उहाँको । उहाँलाई पनि थोरै सहयोग गर्न पाएको छु ।’

खनालले ती परिवारलाई लकडाउनको अवधिमा कुनै कुराको अभाव हुन नदिने बताए तर बढ्दो लकडाउनले उनलाई सहयोगको चिन्ता थपिँदै आएको छ । पहिलो चरणमा उनले दाल,चामल,नून,तेल,खुर्सानी,साबुन,कपडा र औषधि उपलब्ध गराएका छन् । दोस्रो चरणमा औषधि र खाद्यान्न उपलब्ध गराएको बताउँदै उनले हालसम्म ४ चरणको सहयोग गरेको बताए ।

ती मुक्तकमैयासँग खनालको साइनो २०५७ सालदेखि छ । त्यसताका उनी अमिन अध्ययन सकेर प्रयोगात्मकका लागि धनगढीका चित्रबहादुर कार्कीको घरमा जग्गा प्लटिङको काम गर्थे । कार्कीकै घरमा मुक्तकमैया आशाराम डंगौरालगायत कमैयाहरू पनि मजदुरी गर्थे । डंगौरासँगै एकै घरमा मजदुरी गरेका खनाल उनै डंगौरालाई सहयोग गर्न पाउँदा गौरव महसूस गर्छन् । विगतको संघर्ष र डंगौरासँग काम गरेका ती पलले खनाललाई परोपकारी बाटोमा डोर्‍याइरहेको छ ।

को हुन् विष्णु खनाल ?

कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ रामपुर स्थायी घर भएका खनाल भन्छन्, ‘म बडो दुःख र संघर्ष गरेर आज केहीलाई थोरै दिने अवस्थामा छु । बाल्यकालमा च्यातिएको बोरामा सुतेको मान्छे हो । कामको खोजीमा भारत बस्दा एक गाँस रोटीका लागि निकै तड्पेको व्यक्ति हुँ । मजदुर र कमैयाको पीडा आफैं भोगेको छु । त्यसैले सहयोग गर्न मन लागिरहन्छ ।’

रामपुर गाउँमा खनालका आमाबुवा खेती किसानी गर्छन् भने उनी धनगढीमा टेम्पल रिसोर्ट होटल सञ्चालन गर्दै आएका छन् । सन् १९९८ मा भारतको मुम्बईमा पाँचतारे होटलमा रिसेप्सनिस्ट हुँदै होटल सम्बन्धी काम सिकेका उनी धनगढीका विभिन्न होटलमा काम गर्दै आजभोलि टेम्पल रिसोर्टमा सहसञ्चालकको भूमिका निर्वाह गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x