×

NMB BANK
NIC ASIA

हिजो दिनभर : बाढीपहिराेका कारण एकैदिन २३ जनाको मृत्यु, उद्धारमा खटिन प्रधानमन्त्री ओलीकाे निर्देशन

असार २७, २०७७

NTC
Premier Steels

देशवासीका नाममा प्रमको सम्बाेधन- राजनीतिक विवाद अन्त्यका लागि धैर्यता र संयमता आवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपालीहरूबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न आफ्नो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुने बताएका छन्। 

Muktinath Bank

शुक्रवार राति नेपाल टेलिभिजनबाट देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नमिल्ने बताएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो। महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन’ ओलीले भने, ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पु-याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो। पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नमिल्ने बताए । 

Vianet communication

‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ,’ ओलीले भने ।  

सम्वोधनका क्रममा ओलीले भने, ‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जीउधनको रक्षामा केन्द्रित छ ।’

सम्वोधन मार्फत प्रधानमन्त्री ओलीले नेकपा भित्रको विवाद समाधान उन्मुख रहेको बताएका छन्। उनले पछिल्लो दिनमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै उद्धार राहतमा सरकारले विशेष ध्यान दिने बताए। 

पार्टीभित्रको बहस नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको बहस सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने बताएका छन्।

शुक्रवार राति नेपाल टेलिभिजनबाट देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि धैर्यता र संयम आवश्यक रहेको बताएका हुन ।

उनले जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक भएकाले त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै रहेको बताए।

पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया रहेको उल्लेख गर्दै ओलीले यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने बताए। 

प्रधानमन्त्री ओलीको चेतावनी- काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भयावह हुनसक्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरससँग जुधिरहेका बेला बाढीपहिरोका घटना बढेको बताएका छन्।

शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले रोग र भोगबाट देशवासीलाई जोगाउन सरकार लागिपरेको बताए। उनले सरकारको ध्यान महामारी र विपत्तिमा परेका नागरिकको जीउधनको रक्षामा रहेको बताए।

प्रम ओलीले नेपालमा पिसीआर परीक्षण कुल जनसंख्याको २  प्रतिशत पु-याउने लक्ष्य रहेको समेत बताए।

असार असार ९ गतेदेखि काठमाडौँ उपत्यकामा कोरोना संक्रमित तीव्र रुपमा बढिरहेको उल्लेख गर्दै उनले उपत्यकामा अवस्था भयावह हुनसक्ने चेतावनी दिए।

उपत्यकामा कोरोनाको महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै गएको बताउँदै ओलीले लकडाउन केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताए। 

गत असार ९ देखि २४ गतेबीच मात्रै उपत्यकामा संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको छ।

उनले  ९ गते उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २ सय ३३ पुगेको तथ्यांक समेत प्रस्तुत गरे। ‘यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ। यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ।’ 

उनले अनुशासन र सचेत रहन सबैमा आह्वान गरे। स्वास्थ्य मन्त्रालय र महामारीबाट जोगाउन चिकित्सकबाट सुझाइएको उपाय अबलम्बन गर्न प्रम ओलीले सुझाए।

उनले एसएमएस अर्थात सामाजिक दूरी, मास्क र समयसमयमा हात धुने प्रक्रिया अपनाउन पनि भने। 

बाढीपहिरो पीडितको उद्धारमा खटिन प्रधानमन्त्री ओलीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोपीडितको उद्धार र राहत वितरणमा जुट्न तीनवटै सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबार राति सरकारी टेलिभिन नेपाल टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दे उनले यस्तो निर्देशन दिएका हुन्। सरकारका तीन वटै तह, राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए।

बाढीपहिरोले दुखी र स्तब्ध तुल्याएको प्रम ओलीले बताए।

हालसम्म बाढीपहिरो लगायत विपद्बाट ११ जिल्ला प्रभावित भएको उल्लेख गर्दे प्रम ओलीले जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने बताए। 

शुक्रबार मात्र बाढीपहिराेबाट ८ जिल्लामा २३ जनाकाे ज्यान गएकाे छ। एक सय घर क्षतिग्रस्त भएका छन् भने तीन सय घरपरिवार विस्थापित भएका छन्।

बाढीपहिराेका कारण एकैदिन २३ को मृत्यु,: ३६ बेपत्ता, २६ जना घाइते

लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढीपहिरो गएको छ। शुक्रबार मात्र ६ जिल्लामा पहिरो र दुई जिल्लामा बाढी गएको हाे।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा शुक्रबार मात्र २३ जनाको ज्यान गएको छ। ती घटनामा ३६ जना बेपत्ता भएका छन्, भने २६ जना घाइते भएका छन्।

शुक्रबार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा बाढीपहिरो गएको हो।

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो। ती घटनामा ३ जनाको ज्यान गएको छ, भने ३१ जना अझै बेपत्ता छन्। 

लमजुङको बेशिसहर नगरपालिका सातबिसेमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ। ३ जना घाइते भएका छन्। 

कास्कीको पोखरा महानगरपालिका, सारङकोट, हेम्जा र पैतेडाँडामा पहिरो गएको छ। ती घटनामा ७ जनाको मृत्यु भएको छ १७ जना घाइते भएका छन्।

रुकुम पश्चिमको आठविसेकोट नगरपालिका रजेखोलामा पहिरो जाँदा २ जनाको मृत्यु भएको भने १ जना घाइते भएका छन्।

 जाजरकोटको बारकोट गाउँपालिकामा पहिरो जाँदा ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। ५ जना बेपत्ता छन्। गुल्मीको कालीगण्डकीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार सिन्धुपाल्चोकमा बाढी गएको थियो। उक्त घटनामा २ जनाको ज्यान गएको थियो। २१ जना बेपत्ता छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x