×

NMB BANK
NIC ASIA

टीकाको दिन सन्तान प्राप्त हुने भाग्यमानीहरू

जो दशैंको टीकाकै दिन आमाबुवा बने

कात्तिक १, २०७८

NTC
Premier Steels

थापाथलीस्थित प्रसुती गृहको सुत्केरी कक्षमा आइतवार पुग्दा अन्दाजी २०/२२ वर्षकी एक महिला श्रीमानको सहारामा विस्तारै शौचालयतर्फ जाँदै थिइन् ।

Muktinath Bank

बेडमा अर्की एक महिलाले दुई दिनअघि जन्मिएकी नवजात शिशुलाई स्याहारसुसार गरिरहेकी थिइन् । उनी ती बालिकाकी फुपू रहिछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यिनी मेरी भदैनी हुन्, टीकाको दिन जन्मिएकी,' ती महिलाले भनिन् ।


Advertisment
Nabil box
Kumari

घर खोटाङ र गौशालामा डेरा गरेर बस्दै आएको उनले सुनाइन् । टीकाकै दिन भदैनी जन्मिँदा उनी निकै खुशी छिन् ।

Vianet communication

'भदैनी टीकाको साइतमै जन्मिँदा आनन्द लागेको छ । दुई दिन अगाडिदेखि अस्पताल आएका थियौं । पहिला त नर्मल डेलिभरी हुने सोचेका थियौं, तर बच्चाले पेटभित्र आची गरेको भनी डाक्टरहरूले भने अनि एक्कासि सिजर गर्नुपर्‍यो ।'

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भन्दै उनले खुशी प्रकट गरिन् ।

नवजात शिशुका बुवा नितेश राईले बच्चाले पेटभित्र आची गर्‍यो भनेर डाक्टरले भनेपछि निकै डर लागेको, तर अपरेशन सफल भएर छोरीलाई पहिलोपटक देख्दा निकै आनन्द लागेको सुनाए ।

'अप्रेसन सफल भएर छोरीलाई पहिलोचोटि देख्दा सबै डर भाग्यो र आनन्द आयो,' उनले भने ।

सँगै रहेकी दिदीले थपिन्, 'पहिलो फोन आमालाई गरें । टीका लगाउँदै हुनुहुँदोरहेछ ।'

डिस्चार्ज भएपछि केही दिन काठमाडौं बसेर गाउँ जाने योजनामा उनीहरू छन् ।

****

धादिङका राजकुमार घर्ती पनि टीकाकै दिन बुवा बने ।

थापाथलीस्थित परोपकार प्रसुती गृहमा टीकाको दिन उनको छोराको जन्म भयो ।

डाक्टरले क्रिटिकल अवस्था छ भनेपछि डराएका उनले छोराको अनुहार देख्दा निकै आनन्द महशुस भएको सुनाए ।

'छोराको अनुहार देखेपछि मेरो सबै डर चिन्ता हरायो । उसको अनुहार हेरेरै बसेँ । अनि फोटो खिचेर सामाजिक सञ्जालमा पनि राखें,' उनले भने, 'त्यसपछि साथीभाइ, इष्टमित्र सबैको फोन आउन थाल्यो । बधाईको ओइरो लाग्यो । टीकाकै दिन छोरो जन्मिएकोमा निकै खुशी लागेको छ ।'

****

सँगैको बेडमा रहेकी अर्की एक महिलाले पनि आफ्नो छोरा टीकाकै दिन जन्मिएको सुनाइन् ।

'टीकाकै दिन छोरो जन्मिँदा निकै खुशी लागेको छ । यो मेरो दोस्रो सन्तान हो,' उनले थपिन्, 'आमाको माया नै पाइनँ, सानैमा बित्नुभयो । अब यही दुई सन्तानलाई आमाको माया दिएर हुर्काउँछु ।'

सिन्धुपाल्चोक घर भएकी उनले हाल काठमाडौं बस्दै आएको सुनाइन् ।

दोस्रोपटक आमा बनेकोमा खुशी भएपनि उनको शरीरमा भने अझै पीडा छ ।

'दुई-दुईपटक अपरेशन गरेकाले शरीरलाई धेरै नै गाह्रो भएको छ,' उनले सुनाइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x