मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेश सभामा आफ्नो बहुमत रहेको दाबी पेस गरेपछि प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाश चौधरीले संसदीय दलको नेताको हैसियतले सोडारीलाई समर्थन भएको पत्रमा हस्ताक्षर गरेका छन्।
नाउपाकै अर्का सांसद घनश्याम चौधरीले पनि कीर्ते हस्ताक्षर भएको दाबी गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता आफू रहेको दाबी गर्दै उनले सोडारीलाई गरिएको समर्थन गैरकानूनी रहेको बताए ।
'दलको नेता म हुँ। तर कैलाश चौधरीले आफू दलको नेता भएको भन्दै हस्ताक्षर गरेका छन्। यो विधिसम्मत छैन। हामीले प्रदेश प्रमुखलाई पनि जानकारी गराइसकेका छौं। कानूनी प्रक्रियामा अगाडि बढ्छौं', उनले भने।
प्रदेश सभामा चार सिट भएको एकीकृत समाजवादी पाँचौं दल हो।
१८ सांसदसहित नेपाली कांग्रेस पहिलो, ११ सांसदसहित माओवादी केन्द्र दोस्रो, १० सांसदसहित नेकपा एमाले तेस्रो र सात सांसदसहित नागरिक उन्मुक्ति चौथो दलका रुपमा प्रदेश सभामा रहेको छ।
यो बाहेक राप्रपाको तर्फबाट एक जना प्रदेश सभा सदस्य र स्वतन्त्रको उपस्थिति प्रदेश सभामा छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...