मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले वीर गणेशमान सिंह कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।
लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो । मुलपानी मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कर्णाली प्रदेशले १६.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तिले २८ रन बनाउन बाहेक अन्यले खास योगदान दिन सकेनन् ।
कर्णालीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका देव खनाल, अविशेष गौतम र बिर घर्तिले समान २÷२ विकेट लिए ।
जवाफमा लुम्बिनी प्रदेशले ८२ रनको सामान्य लक्ष्य १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । ‘प्लेयर अफ दि म्याच’ चुनिएका लुम्बिनीका कप्तान देव खनालले अविजित ५१ रन बनाए ।
वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भइरहेको प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा गण्डकी प्रदेशले मधेश प्रदेशमाथि ८ विकेटको जित हात पा¥यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो । मधेशका विशाल सुश्लिंगले २४ तथा विशाल पटेलले २२ रन बनाए । यस्तै मयन यादवले १८ तथा प्रदिप पासवानले १४ रनको योगदान दिए । गण्डकीको बलिङ्गमा कप्तान विपिन खत्रीले सर्वाधिक ४ तथा सुवाष भण्डारीले २ विकेट हात पारे ।
जवाफमा गण्डकी प्रदेशले १०३ रनको सामान्य लक्ष्य १६.३ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । गण्डकीका अर्जुन कुमालले अविजित ४९ रन बनाए । इश्वर क्षेत्रीले ३२ रनको योगदान दिए ।
खेलको ‘प्लेयर अफ दि म्याच’ गण्डकी प्रदेशका कप्तान बिपिन खत्री चुनिए । शुक्रबार हुने दुई खेलमा बागमती प्रदेश र कोशी प्रदेश तथा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश भिड्ने छन् ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...