×

NMB BANK
NIC ASIA

दुर्गमका दुःख

अस्पताल त बन्यो, सञ्चालनमा अनिश्चितताः बिरामी हुँदा न गाडी पाइन्छ, न बोक्ने मान्छे

पाेखरा | बैशाख १०, २०८१

NTC
Premier Steels

 लमजुङ- काम गर्दा असहज हुने, भारी बोक्दा अप्ठ्यारो । लमजुङकी ६२ वर्षीया सानमाया घलेलाई । बेलाबेला तल्लो पेट दुख्ने भइरहन्थ्यो । जनचेतनाको अभाव र भौगोलिक विकटताले सानमाया लामो समय पीडा सहेर बसिन् । तर, एकदिन पीडा असह्य भएपछि उपचारका लागि लमजुङबाट पोखरा झरिन् । उपचारका क्रममा थाहा भयो– पाठेघरमा घाउ भइसकेको रहेछ । उपचारपछि फर्किएकी सानमाया अहिले थोरै ठीक छिन् । तर, अहिलेपनि बेलाबेला पेट दुख्ने गरेको उनी बताउँछिन् । ‘घाउ भएको पालिएपनि काम गर्दा कहिलेकाहीँ दुख्छ,’ उनले भनिन् । 

Muktinath Bank

सानमायालाई बेलाबेला अस्पताल धाइरहनुपर्छ । उनलाई बुढ्यौलीसँगै लाग्ने रोगले छोएको छ । त्यसैले पनि हो अस्पताल झरिरहनुपरेको । तर, बाटो देख्दा उनलाई उपचार गर्न पनि नजाउँ लाग्छ । त्यसो त जिल्लाकै विकट मानिन्छ दूधपोखरी गाउँपालिका । त्यसमा पनि वडा नम्बर २ पालिकाबाट पर छ । जिल्ला सदरमुकाम झर्न एकदिन नै लाग्छ । तीन घण्टामा आइने स्वास्थ्यचौकीमा आवश्यक पर्ने सबै उपचार मिल्दैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवश्यक स्वास्थ्यका जनशक्ति, पूर्वाधार विकासको अभाव त छ नै । यातायातको बढी असुविधा छ । घरभन्दा तल बाटो पुगेको छ । तर, चाहिएको बेला गाडी पाइँदैन । जीप हो चल्ने । त्यो पनि भनेको बेला पाइँदैन 


Advertisment
Nabil box
Kumari

वडा नं २ को विचौर स्वास्थ्य चौकी बलेडाँडाबाट पर पर्छ । विचौरको स्वास्थ्य चौकीभन्दा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकीमा अलि सुविधासम्पन्न छ ।

Vianet communication

null 
 
सदरमुकाम जान एकदिन लाग्छ । भच्चेक एकदिनमा पुगेर फर्किन सकिन्छ । त्यसैले बलेडाँडाका स्थानीय आधारभूत उपचारका लागि गोरखाको भच्चेक स्वास्थ्य चौकी पुग्छन् । सानमाया पनि उतै जाने गर्छिन् । ‘हिँड्न सक्नेलाई भच्चेक जान सजिलो छ । यसर्थ हिँड्न सक्ने त्यहाँ जान्छन् । यहाँको भन्दा त्यहाँको उपचार राम्रो छ । मैले पनि त्यहाँ गएर चेक गरेको छु । त्यहाँ भिडियो एक्से पनि गरिदिन्छ,’ उनले भनिन् । 

त्यसो त यातायात असुविधाका कारण भच्चेक पनि पैदल नै हिँडेर पुग्नुपर्छ । दैनिक रुपमा बस चल्दैनन् । सहज पहुँच नभएपनि उपचार गराउन पुग्छन् स्थानीय । तर, आकस्मिक अवस्था आएमा स्थानीयलाई सकस छ । यातायातको सुविधा नहुँदा ज्यान नै दाउमा राख्नुपरेको छ । वडा नं २ को बलेडाँडा, भुल्मीचोकका स्थानीयले भोग्नुपरेको समस्या हो यो । 

आकस्मिक उपचार आवश्यक परेमा पैदल नै हो स्वास्थ्यचौकी पुग्ने । भुल्मीचोकका स्थानीयले दुई घण्टा र बलेडाँडाकालाई तीन घण्टा पैदल यात्रा गर्नुपर्छ । गाउँमा आजभोलि युवा छैनन् । यसले गर्दा बिरामी बोक्न मान्छे नपाइने अर्की स्थानीय सन्तमाया तामाङको दु:खेसो छ ।  एम्बुलेन्सको सुविधा पनि नभएको र गाडी आक्कलझुक्कल मात्र आउने उनी बताउँछिन् ।

null

‘बिरामी भइयो भने बोक्ने मान्छे नपाएर हस्पिटल जान गाह्रो हुन्छ । गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन् । तिनीहरूले बोक्न सक्दैनन् । गाडी पाउँदैन,’ उनले समस्या सुनाइन्, ‘पहिला–पहिला विचौरमा एम्बुलेन्स ल्याइन्थ्यो, अहिले त खै देखिँदैन । न गाडी पाइन्छ, न बोकेर लाने मान्छे !’ 

अझ यस्तो अवस्थामा आकस्मिक घटना र गर्भवतीलाई अप्ठ्यारो पर्ने गरेको सन्तमायाको भनाइ छ ।  सुत्केरी व्यथा लागेपछि अधिकांश गर्भवतीलाई हिँडाएर नै स्वास्थ्य चौकी पुर्याउने गरेको उनले सुनाइन् । यद्यपि थप उपचार आवश्यक परे सक्नेले ‘रिजर्भ’ गरेर सदरमुकाम झार्ने गरेका छन् । 

स्वास्थ्य चौकीमा समेत भनेको बेला आवश्यक उपचार मिल्दैन । आवश्यक स्वास्थ्य उपकरण वा औषधिको अभाव भएको बताउँछिन् भुल्मीचोककी स्थानीय माया गुरुङ । 

‘सिकिस्तै बिरामी भइयो भने जानै नसक्ने अवस्था छ । न बोकेर लान मिल्ने न गाडी जाने,’ उनले भनिन्, ‘पहिलेको पुरानो स्वास्थ्य चौकीमा  खासै सुविधा छैन । अहिले नयाँ बन्दैछ, त्यसमा हुन्छ कि भन्ने अलि–अलि आशा छ ।  विचौर स्वास्थ्य चौकीमा त कोही बेला सिटामोल पनि नआउने अवस्था छ।’

null

१२ करोड बनेको अस्पताल सञ्चालनमा अनिश्चिता 

यो दुर्दशा मायाले उल्लेख गरेको ‘पुरानो’ विचौरको स्वास्थ्य चौकीको हो । विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा छ । निर्माणधीन अस्पतालले स्थानीयमा थोरै आशा भने जगाएको छ । तर, निर्माणको अन्तिमा चरणमा रहेको यो अस्पताल सञ्चालनबारे टुंगो छैन  । अस्पताल सञ्चालन हुनेमा स्वयं गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ नै संशयमा छन् । 

‘करिब–करिब सम्पन्न भयो । सञ्चालनमा आउन त त्यस्तै हो । अब यो डाक्टर छैन । त्यत्रो १५ शय्या हस्पिटल त बन्यो, तर यहाँ दरबन्दीहरू नै छैन । दरबन्दी पालिकाले राख्न सक्ने भएन । माथिबाट पठाइँदैन,’ उनले भने । 

दरबन्दी नभएपछि विचौरको स्वास्थ्यचौकी अस्पतालमा सार्ने योजनामा पालिका रहेको उनले सुनाए । यो बाहेक अन्य विकल्प नरहेको उनको भनाइ छ । स्वास्थ्यको पूर्वाधार अभाव अर्को यातायातको असुविधा । पालिकाले यातायातको समस्या समाधान गर्न लागिपरेको सुनाए । 

‘ढलानको कारणले बाटो रोकिएको छ । चार–पाँच दिन भयो अहिले गाडी विचौर पुगेको छ । गाउँपालिकाको सोच बाह्रै महिना गाडी चलाउने भन्ने छ । सकुञ्जेल गर्ने हो । भर्खर–भर्खर खोलेको बाटो भएकाले गाह्रो–गाह्रै छ,’उनले थपे । 
 
विकट गाउँपालिका भएका कारणपनि पालिकाको आवश्यकता थुप्रै रहेको उनी सुनाउँछन् । त्यसैले पनि प्राथमिकतामा परेका योजनामध्ये पनि छनाेट भएर काम अघि बढिरहेको उनको भनाइ छ । 

सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो । २०७७ सालमा सरकारले ल्याएको यो महत्वाकांक्षी योजनामा अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि मापदण्ड समेत बनाइएको थियो । पाँच शय्या, १०, शय्या र १५ शय्या अस्पताल व्यवस्थापनका लागि जनशक्ति तोकिएको थियो ।

१५ शय्याको अस्पताल व्यवस्थापनका लागि तीनजना मेडिकल अफिसर र २७ स्वास्थ्यकर्मी खटिने मापदण्ड बनेको थियो । तर, अहिले जनशक्तिपूर्ति गर्ने दरबन्दी नहुँदा अस्पताल सञ्चालन विषय नै अन्योल छ । एकैपटक देशैभर शिलान्यास भएका स्थानीय तहका अधिकांश अस्पताल अहिले अलपत्र छन् । अल्काचौरको १२ करोड ९० लाख ४९ हजार ३६९ रुपैयाँमा सम्झौता भएको थियो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x