×

NMB BANK
NIC ASIA

स्थानीय सरकारको साहसिक निर्णय : जग्गा प्लटिङमा रोक !

चैत ३, २०७४

NTC
फाइल तस्बिर
Premier Steels

तिलोत्तमा, ३ चैत– तिलोत्तमा नगरपालिकाले जथाभावी जग्गा प्लटिङमा रोक लगाएको छ । नगर कार्यपालिकाको १७ औं बैठकले जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड–२०७४ पारित गर्दै नगरपालिकाको पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाएको हो । 

Muktinath Bank

मापदण्ड ‘तिलोत्तमा राजपत्र’ मा प्रकाशित भएपछि कार्यान्वयमा आउनेछ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा २७ को उपदफा (३) अनुसार नगरपालिकाले मापदण्ड जारी गरेको हो । उपदफा (३) मा ‘गाउँपालिका तथा नगरपालिकाको पूर्व स्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्न पाइने छैन’ भन्ने उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मापदण्डमा नगरपालिकाले निकट भविष्यमा ल्याउने भू–उपयोग योजनाको भावना विपरीत हुनेगरी कुनै पनि प्लटिङ स्वीकृत नदिइने उल्लेख छ । मापदण्डमा जग्गा प्लटिङ गर्दा क्षेत्रफलअनुसार खुला ठाउँ तथा पार्कका लागि आवश्यक जग्गा सार्वजनिक स्वामित्वमा राख्नुपर्ने उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

नयाँ सडकको चौडाइ कम्तिमा ३० फुट हुनुपर्ने निर्णय यसअघि नै गरेको तिलोत्तमा नगरपालिकाले पारित गरेको मापदण्डमा जग्गा प्लटिङ गरी कारोबार गर्न चाहने व्यक्ति, फर्म वा संस्थाले जग्गाको क्षेत्रफलअनुसार नगरपालिकामा धरौटी राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।

Vianet communication

जग्गा विकास गर्नेले सडक कालोपत्रे, विद्युत्को खम्बा तथा तार, ढलका साथै खानेपानीको लाईनलगायका पूर्वाधार आफैंले निर्माण गर्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । मापदण्ड विपरीत प्लटिङ गरेमा उक्त प्लटिङ क्षेत्रको जग्गा रोक्का राख्न सकिने मादण्डमा उल्लेख छ । 

जथाभावी प्लटिङले विकासका पूर्वाधार सबै परिवारमा पुर्याउन समस्या भैरहेको बेला नगरपालिकाले पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x