×

NMB BANK
NIC ASIA

डुबान क्षेत्रमा दिनभरि जे देखियो : पीडितलाई ‘राति के खाने, कहाँ सुत्ने’ चिन्ता !

असार २८, २०७५

NTC
Premier Steels

भक्तपुर – अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारै वटा नगरपालिका क्षेत्रमा क्षति पुर्यायो ।  राति आएको बाढीले भक्तपुरका स्थानीय  र भूकम्पपछि  घर बनाउन नसकेर टहरा बनाएका बसेका भूकम् पपीडित तथा डेरा लिएर बस्नेको विचल्ली बनाएको छ ।

Muktinath Bank

हनुमन्तेको बाढी वस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो लोकान्तरकर्मी भक्तपुरको बाढी प्रभावित क्षेत्रमा पुग्दा त्यहाँका वासिन्दा कोठाभित्र पसेको बाढीको फोहोर र हिलो पानी बाहिर निकाल्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राति ३ बजेदेखि वस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्दारमा खटिएको थियो । मानवीय क्षति हुन नदिन र बाढीभित्र फसेका स्थानीयको उद्दारका लागि सुरक्षाकर्मी खटिएपनि डुबानमा परेको घरका सामान र वस्ती व्यवस्थापनमा सरकारी निकायले कुनै पहल नगरेको बाढी पीडितले बताए । 


Advertisment
Nabil box
Kumari

भक्तपुरको सिर्जनानगरमा कोठा भाडामा लिएर बस्दै आएकी पुनम पाण्डे कोठा बिहीबार दिउँसो कोठामा पसेको बाढीको फोहोर पानी बाहिर निकाल्दै कोठामा भिजेका सामान निकाल्दै थिइन् । ‘राति एक्कासी कोठा नै डुबाउने गरी बाढी पसेर अहिले बिजोग भयो, गाउँभन्दा सुखसुविधा होला भनेर शहर आइयो । शहरमा यो गति भयो,’ पाण्डेले बाढीले भिजेका सामान देखाउँदै लोकान्तरसँग भनिन् ।

Vianet communication

भूइँतलामा बसेकी पाण्डे कोठामा भिजेको खाद्यान्न, कपडा, फर्निचरका सामाग्री माथिल्लो तलामा सार्नमा बिहानैदेखि व्यस्त थिइन् । उनी कोठामा भिजेको सामानभन्दा पनि अब राति के खाने र कहाँ सुत्ने भन्ने चिन्तामा छिन् । उनले भनिन्, ‘रातिको बाढीले सबै खाने, पकाउने सबै सामान भिजेपछि बिहान त घरभेटी दिदीले खाना खान दिइन्, अब बेलुका के खाने कहाँ खाने कहाँ सुत्ने केही थाहा छैन ।’

प्रभावित क्षेत्रमा घरको भूइँतलामा कोठा भाडामा लिएर बसेका अधिकांशको अवस्था पाण्डेको जस्तै छ । डेरा लिएर बसेका कोठामा भएका सबै सामान बाढीले डुबेपछि आजसाँझ कहाँ आश्रय लिने र के खाने भन्ने चिन्तामा छन् । भूकम्पपछि सामान्य टहर बनाएर बसेका सिर्जनानगरका नेत्र खत्रीको समस्या पनि डेरामा बस्नेको भन्दा कम छैन । बाढीले घरको खाद्यान्न सबै भिजेर बिग्रिएपछि उनको परिवार बिहानदेखि भोकभोकै छ ।

‘बाढीले सबै सखाप पारिदियो, हिजो बेलुका खाना खाएदेखि अहिलेसम्म मुखमा अन्न परेको छैन, छोराछोरी पनि भोकै छन् । घरमा खानेकुरा केही छैन, सामान पनि सबै भिज्यो, अब के खाने कहाँ सुत्ने अन्यौलमा छु,’ उनले भने ।

बोल्दाबोल्दै उनले आफ्नो आँशु थाम्न सकेनन् । छोराछोरी भोकभोकै हुँदा खानेकुरा किन्न समेत नसक्ने स्थितिमा रहेका खत्री बाढीले डुबेको घर र छोराछोरीको अनुहार हेर्दै बेलाबेलामा भक्कानिँदै थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x