मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – प्रेस काउन्सिलद्वारा ‘क प्लस’ श्रेणीमा बर्गिकृत काठमाडौंबाट प्रकाशित दुईवटा साप्ताहिक म्यागेजिनको आइतवारको कभर स्टोरी एउटै छ– गृहमन्त्री रामबहादुर थापाको विषयमा ।
नेपाल साप्ताहिकले ‘बादल बितण्डा’ र हिमालले ‘अव्यवस्था मन्त्री’ शीर्षकमा गृहमन्त्रीका काम कारवाहीको विषयलाई लिएर कभर स्टोरी लेखेका छन् ।
दुईवटा साप्ताहिक पत्रिकाको कभर स्टोरी एउटै भएको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
नेकपा कार्यकर्तामा रूपान्तरित पूर्वमाओवादी वृत्तले रामबहादुर थापाविरुद्ध मिडिया खनिएको भनेर टिप्पणी गरेका छन् । ‘यो कताकता प्रायोजितजस्तो देखिन्छ,’ नेकपाका एक नेताले भने ।
गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयसम्म मिडियामा बादलले गरेका कामको चर्चा भएको थियो ।
खासगरी यातायात क्षेत्रमा सिन्डिकेट तोडिएको, काम नगर्ने ठेकेदारलाई समयमा काम पूरा गर्न निर्देशन दिएको लगायतका कामले बादल चर्चामा आएका थिए ।
प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने तथा भाषणभन्दा काममा बढी विश्वास गर्ने भनेर बादलको प्रशंसा भएको थियो ।
तर पछिल्ला दिनमा भएका कतिपय निर्णयका कारण गृहमन्त्री बादल विवादमा आए । केही हदसम्म सहयोगीका कामका कारण पनि बादल विवादमा तानिए ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालयमा लगेर दुर्व्यवहार गरिएको घटनाले विवाद चरमचुलीमा पुग्यो ।
त्यसअघि विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको घटनालाई लिएर सरकारको चर्को आलोचना भएको थियो ।
ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावलीविपरीत गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपशरण शैलीमा गृह मन्त्रालय पुर्याइएको भन्दै चिकित्सक संघले विज्ञप्ति नै निकालेर विरोध जनायो ।
पछिल्लो पटक संयुक्त राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका पूर्वलडाकुलाई विमानस्थलबाट फर्काइएको घटनालाई लिएर सामाजिक सञ्जालमा गृह प्रसाशनको आलोचना भइरहेको छ ।
सरकारले जतिसुकै बचाउ गरेपनि श्रृङ्खलाबद्ध ढंगले भइरहेका यस्ता घटनाले अन्तर्राष्ट्रिय समुदायमा सरकारको छवि धुमिल भइरहेको छ ।
लोकतान्त्रिक खुला समाजमा व्यक्तिको आवतजावत गर्न पाउने अधिकार कुण्ठित गरिएको तथा प्रवेशाज्ञा लिएर कुनै कार्यक्रममा जान लागेको व्यक्तिलाई रोक्न खोज्दा सरकार निरंकुश बन्न लागेको त होइन भन्ने आशंकालाई मलजल गर्न खोजेको छ ।
गृहमन्त्री स्वयंले पत्रकार सम्मेलन गरी काठमाडौंका विभिन्न क्षेत्रलाई विरोध प्रदर्शनमा रोक लगाउन गरेको निर्णय अदालतसम्म पुग्यो र सरकारको निर्णयमा अदालतले अंकुश लगाइदियो ।
प्रतिनिधिसभा निर्वाचनमा आफूले रोजेको क्षेत्र नपाएको भन्दै चुनाव नलडेका रामबहादुर थापा राष्ट्रियसभाको सदस्य बनेर गृह प्रसाशनको नेतृत्वमा पुगे । असार ४ गते भएको गोलाप्रथामा थापाको कार्यकाल पूरै ६ वर्ष पर्यो । त्यसअर्थमा रामबहादुर थापा भाग्यमानी ठहरिए । तर उनले गर्न खोजेका काम एकपछि अर्को गरी विवादमा पर्दै गए ।
गृहमन्त्रीको कामकाजका विषयलाई लिएर सदनमै आवाज उठ्न थाले । प्रतिपक्षी दलका एक सांसदले त बादललाई ‘सिंघम होइन डन’ भनेर समेत टिप्पणी गरे ।
सारथी फेर्ने सोचमा प्रधानमन्त्री ?
फागुन ३ मा प्रधानमन्त्री नियुक्त केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिना पूरा भएको छ ।
५ महिने कार्यकालको फेहरिस्त पुस्तक नै बनाएर प्रकाशित भएपनि ओली सरकारको ६ महिनामा जनताले अपेक्षित परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।
नेकपाका एक नेता भन्छन्– 'प्रतिकूल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओली दैनिक १८ घण्टासम्म काममा खटिएका छन् । भाषणैपिच्छे जनताको जीवनमा परिवर्तन र समृद्धिको कुरा गरेका छन् । तर उनका सहयात्रीको काम भने सोही अनुरूपमा छैनन् । सरकार कताकता कुहिरोमा रुमल्लिएको कागजस्तो भएको छ । मेशिनरीले राम्ररी काम नगरेपछि प्रधानमन्त्रीले एक्लै केही गर्न सक्दैनन् ।’
संसदमा दुईतिहाइ बहुमत सहितको बलियो सरकार भएपनि जनताले त्यसको महसुस गर्न सकिरहेका छैनन् । बजार बिचौलियाले चलाइरहेका छन् । त्यसको ज्वलन्त उदाहरण कालीमाटी तरकारी बजारको अनुगमनमा सरकारी टोली थुनिएको र बुटवलमा अनुगमनको विरोधमा सुन पसल बन्द गरिएको घटना स्मरण गरे पुग्छ ।
कतिपय स्थानीत तहले स्वैच्छाचारी ढंगले बढाएको करका कारण ओली सरकार आलोचनाको शिकार भएको छ ।
नेकपाका एक नेताका अनुसार मन्त्रीहरूको कार्यशैलीप्रति प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट छैनन् । जनताको पक्षमा काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने सोचाइमा ओली रहेको पूर्व एमालेका एक नेता बताउँछन् ।
नेकपाका नेता देवेन्द्र पौडेल भने सरकार पुनर्गठनको हल्ला निराधार भएको र त्यस्तो आवश्यकता नभएको बताउँछन् । ‘सरकारले कामै गरेन भन्ने होइन, बजेटकको सिमितताका बाबजुद सरकारले केही राम्रा कामको शुरूवात गरेको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘चीन भारतसँग सन्तुलित सम्बन्ध राख्नु र भर्खरै बिमस्टेक सम्मेलन सम्पन्न गर्नुपनि सरकारको सफलता हो ।’
नेता पौडेल गृहमन्त्रीले गरेका कामविरुद्ध प्रचारबाजी भएको बताउँछन् ।
यो पनि पढ्नुहोस् –
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...