रवी ओडलाई सम्मान थाप्न भ्याइनभ्याई

पुस १०, २०७५

कञ्चनपुर –गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा आज भव्य स्वागत गरिएको छ । 

विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर शुक्लाफाँटा नगरपालिकाको झलारीमा परिक्रमा गराएका थिए । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ओडलाई नगरप्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरे । 


ADVERTISEMENT

कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता ओडले कुनै पनि प्रतियोगिता जित्नका लागि कसैको साथ चाहिने भएकाले त्यो साथ यहाँका जनताले दिएको गरे । 
यसैगरी आजै भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले समेत भीमदत्तनगरमा आयोजित कार्यक्रममा विजेता ओडलाई सम्मानपत्रसहित सम्मान गरे । 
 महेन्द्रनगर बजारमा आयोजित सम्मान कार्यक्रममा ठुलो सङ्ख्यामा समर्थकको उपस्थिती रहेको थियो । 
यसअघि सोमबार प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पनि उनलाई सम्मान गरेका थिए । 

पुस १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार