गीता ज्ञान– अधुरो इच्छाकाबीच मृत्यु भए ?

पुस १६, २०७५

धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ।। गीता–८/२५

अर्थ– धुवा, राति, कृष्णपक्ष तथा दक्षिणायनको छ महिनामा प्रयाण गर्ने वाला योगी चन्द्र ज्योति प्राप्त गरेर फिर्ता हुन्छ ।


ADVERTISEMENT

व्याख्या– जसरी वर्षको छ महिना उत्तरायण हुन्छ त्यसै गरि दक्षिणायन हुन्छ । तर यहाँ दक्षिणायन शब्द केवल प्रतीक मात्र हो । वास्तविकतामा यहाँ दक्षिणायनको अर्थ देहाध्यास हो । देहाध्यासको अर्थ व्यक्तिमा माया मोहका कारण राग तथा द्वेष उत्पन्न हुन्छ भन्ने हो । 

आसक्ति तथा अहंकार मृत्यको समय पनि बाँकी रहन्छ र फेरि अनेक अधुरा इच्छाका साथ जब शरीरको मृत्यु हुन्छ त्यस समय व्यक्तिलाई सबै चिज धुवा जस्तो लाग्छ । अर्थात केही पनि यथार्थ देखिँदैन । आँखा अगाडि औषिको जस्तो अध्यारोमात्र देखिन्छ । 

यस अवस्थामा जब व्यक्ति शरीर छोड्छ तब त्यसको केही सयमका लागि चन्द्र ज्योति प्राप्त हुन्छ । आफ्नो कर्म फलको आधारमा फेरि यही धर्तीमा जन्म हुन्छ र जबसम्म मुक्त हुँदैन तबसम्म जन्ममृत्युको यो चक्र चलिरहन्छ । 
 

पुस १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार