×

NMB BANK
NIC ASIA

गमगढी-नाग्मा सडक : हिमपातका कारण एक महिनादेखि अवरुद्ध

फागुन ११, २०७५

NTC
Premier Steels

जुम्ला-  कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महिनादेखि अवरुद्ध छ । भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन । 

डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । 

सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको अभाव बढ्दै गएको छ । सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको हो । गोदाममा ग्यास सकिँदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको व्यापारी बताउँछन् । गमगढी बजारमा ग्यास सिलिण्डर अभाव हुँदा स्थानीयवासी दाउरा किनेर खाना पकाउन बाध्य छन् । 

अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायबाट पहल भए पनि हिमपात नरोकिँदा समस्या भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताउनुभयो । बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउलगायतको मौज्दात घटेको छ । गमगढीमै दैनिक उपभोग्य वस्तु अभाव हुन थालेपछि गाउँबाट किन्न आएका उपभोक्ता मर्कामा परेका छन् । 

खत्याड गाउँपालिका जोड्ने कालाकाँडा सडकखण्ड पनि हिमपातले एक महीनादेखि बन्द भएको छ । दैनिक उपभोग्य वस्तुलगायतको अभाव चुलिएको स्थानीयको भनाइ छ । गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव शुरु हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । रारा जेउडे हुँदै निगाल जाने बाटो हिउँका कारण बन्द भएपछि स्थानीयको आउजाउ रोकिएको छ । बाटोमा करीब पाँच फिट हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको स्थानीय गणेश टमटाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट सदरमुकाम गमगढीमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ ।  

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x