पाेखरा विश्वविद्यालयका ४२ कलेजले भर्ना गरेका विद्यार्थीकाे मुद्दा सर्वाेच्चमा

फागुन ३०, २०७५

काठमाडाैं - पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ । बिबिए र बिबिए–बिआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारेअन्योल भएको हो । 

विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए । कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन् । ओपेनका महासचिव नरबहादुर विष्टले बिबिए र बिबिए–बिआईमा भर्ना गरिएका ३ सय ३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए ।


ADVERTISEMENT

कलेजहरूले पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीसँग मौखिक अनुमति लिएर विद्यार्थी भर्ना गरिएको दाबी गरेका छन् । कलेजहरूको संस्था ओपेनले परीक्षा फारम बुझाउन नसकेपछि विद्यार्थीको भविष्य निर्धारण गरिदिन भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको छ । 

सिसिटी कलेज बुटवलका प्रमुख देवी भण्डारी विद्यार्थी भर्ना गर्नुअघि आफूहरूले विश्वविद्यालयका डिनसँग मौखिक अनुमति लिएको दाबी गर्छन् ।, नयाँ पत्रिकामा खबर छ।

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस