पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
समाज बदल्ने कुरा सबै गर्छन् । प्रायः राजनीतिक वृत्तमा बढी सुनिन्छ यो । नेताहरू बढी गर्छन् यस्ता कुरा । धर्म गुरूहरू र समाज सुधारकहरू पनि अछुत छैनन् यसबाट ।
धार्मिक ग्रन्थहरूमा पनि यस्तै सन्देश पाइन्छ । तर बदल्न भने कसैले पनि सकेका छैनन् । यसका लागि पहिले आफै बदलिनुपर्छ भने आफूलाई बदल्न पहिले आफैंलाई चिन्नुपर्छ । त्यसपछि कहाँबाट आइएको हो र किन आइएको हो भन्ने कुराको खोजी पनि उत्तिकै जरुरी हुन्छ ।
हामी महाकालको त्यो हिस्सा हौं, जसले हामीलाई लिएर आएको छ । यो हमेशा ३ भागमा विभक्त भएर रहेको हुन्छ, जसलाई हामीले भूत, भविष्य र वर्तमान भन्ने गरेका छौं । हामी यसैभित्र छौं । यसैभित्र नै हामीले आफू बदल्ने सूत्र भेट्टाउन सक्छौं । यो भनेको कहाँबाट आएको हौं ? को हौं ? किन आएका हौं ? भन्ने नै हो ।
भूतले कहाँबाट आएका हौं भन्ने कुराको सन्देश दिएको छ, वर्तमानले को हौं भन्ने र भविष्यले किन आएका हौंं भन्ने कुराको । आउनुुस् आजको बसाइमा यिनै ३ सूत्रलाई केलाउने प्रयास गरौं ।
वस्तुतः आफू कहाँबाट आएको हो भन्ने कुरा अहिलेसम्म कसैले पनि प्रष्ट पार्न सकेका छैनन् । सोध्ने हो भने प्रायः सबैले आमाको गर्भबाट वा प्रजनन् इन्द्रियबाट भन्लान् सायद । हदै भए बुवाको शरीरबाटसम्म भन्न सक्लान् । तर त्यो मात्र होइन हाम्रो स्रोत । हो, हामी आएका त्यहीँबाट हो । तर यो रूपमा मात्र हो, सारमा होइन ।
सारमा भन्ने हो भने हाम्रो स्रोत ततीतको गर्भ हो । महाकालले कहाँबाट ल्यायो त्यो उसैले जान्ने कुरा हो । तर हामीले जानेको यही हो कि महाकालको एउटा हिस्सा हो, जसलाई हामीले भूत भन्ने गरेका छौं । हुन त कतिपय दार्शनिकले त्योभन्दा अघिको कुरा पनि गरेका छन् । तर त्यो विशुद्ध कल्पना मात्र हो । उनीहरूको विचार हो, सिद्धान्त हो, जसले हामीलाई घुमाइरहेको छ । हामी आफैं नजागेसम्म यो क्रम जारी नै रहनेछ । हामी घुमिरहने छौं उनीहरू घुमाइरहने छन् ।
संसारमा अनेक वाद छन् । सिद्धान्त छन् । पूर्वको सिद्धान्त, पश्चिमको सिद्धान्त, दक्षिणको सिद्धान्त, उत्तरको सिद्धान्त के–के हो के–के । शास्त्र धेरै छन् आयू छोटो छ । हजारौं वर्ष खोजे पनि शास्त्रको अन्त्य भेटिन्न भन्ने गरेका छन् शास्त्रहरूले नै । त्यसैले उनीहरूको पछि लागेसम्म हामी घुमिरहन्छौं उनीहरू घुमाइरहन्छन् । तर आफ्नै स्रोत भने भेट्ने छैनौं । अहिलेलाई यति भनौं हामी महाकालको गर्भबाट आएका हौं । त्यहाँ कसले ल्यायो त्यो चाहिँ उसैलाई छाडिदिउँ ।
अब लागौं हामी को हौं भन्ने प्रश्नको उत्तर खोज्नेतर्फ । वास्तवमा हामी हामी नै हौं । म मै हुँ, तपाईं तपाईं नै । न म तपाईं हुन सक्छु, न तपाई म हुन सक्नुहुन्छ । कतिपय दार्शनिकले हामी सबै एउटै हौ भनेका पनि छन् । धर्मशास्त्रमा पनि यही भनिएको छ । गीताले यसै भनेको छ । ब्रह्मसूत्रले यसै भनेको छ । पूर्वीय दर्शनले यही भनेको छ, पश्चिमी दर्शनले पनि यही भनेको होला शायद । तर साँच्चै भन्ने हो भने यो भ्रम मात्र हो ।
जतिबेलासम्म हामी यो भ्रममा रहन्छौं, त्यतिबेलासम्म यतै घुमिरहने छौं । हामी बदलिन सक्दैनौं । जब आफैं बदलिन सकेका छैनौं भने समाज बदल्ने कसरी ? संविधान बदलेला, कानून बदलेला, शासनसत्ता बदलेला, सत्ताधारी बदलेलान् । तर समाज बदलिने छैन । समाज त्यतिबेला बदलिन्छ, जतिबेला संस्कार, संस्कृति, रीतिरिवाज तथा खानपान र रहनसहन बदल्न सकिएको छ । यसका लागि हामीले आफूलाई चिन्नुपर्ने हुन्छ ।
त्यसो भए हामी को हौं त ? तपाईं तपाईं नै हो । बुवाआमा, दाजुभाई, दिदीबहिनी, घरपरिवार छरछिमेकी तपाईं होइन । तपाईलाई खान, बस्न, रुन, हाँस्न, त्याग्न, हिँड्न, बोल्न, काम, क्रोध, लोभ, मोह, माया, ममता कसैले सिकाएको होइन, आफैं सिक्नुभएको हो । बुवाआमा, घर, परिवार सबै निमित्त मात्र हुन् । तपाईं तपाईं नै हो । तपाईंलाई कसैले ल्याएको पनि होइन, कसैले ल्याउँछु भनेर आउनुभएको पनि होइन । फेरि तपाई आफंैले दरखास्त दिएर आउनुभएको पनि होइन । आफैं आउनुभएको हो । सारमा यही बुझ्नुस् महाकालको गर्भबाट तपाईं आफैं आउनुभएको हो ।
तपाईं महाकालको अंश हुनुहुन्छ । त्यसैले महाकाल नै हुनुहुन्छ । हिजो पनि महाकाल नै हुनुहुन्थ्यो, अहिले पनि महाकाल नै हुनुहुन्छ र पछि पनि महाकाल नै हुनुहुन्छ । तपाईंको परिचय यही नै हो ।
अब आयो किन आयौं भन्ने कुरा । उत्तर सरल छ, तपाईं आफैं आउनुभएको हो भने तपाईं आउनुभएको पनि आफैंलाई हो । तपाईंको दायित्व आमाबुवा, घरपरिवार तथा समाजप्रति पनि छ । किनकि सहयोगी उनीहरू नै हुन् । तर त्योभन्दा बढी दायित्व तपाईंको आफैंप्रति छ । त्यसैले पहिलो माया आफ्नै शरीरलाई गर्नुस् ।
आहारबिहार सुधार्नुस् । ठीक्क खाने, ठीक समयमा खाने, ठीक समयमा सुत्ने र उठ्ने गर्नुस् । आयुर्वेदले हितभुक, मितभुक र रीतभुक भनेको छ । योगी बन्न केही गर्र्नै पर्दैन । खानपान, आहारबिहार र विचार सुधारे पुग्छ । योगी बन्नुस्, स्वस्थ हुनुस्, निरोगी रहनुस् । अनि तपाईंलाई सहयोग गर्नेहरूप्रति इमान्दार हुनुुस् यही नै किन आयौं भन्ने प्रश्नको सरल उत्तर हो ।
महाकालले तपाईंलाई हावा, पानी, माटो, आकाश, जमिन, वनजंगल, घरपरिवार, करकुटुम्ब छिमेकी आदि उपहारको रूपमा दिएको छ । तर यो तपाईंलाई मात्र होइन, अरुलाई पनि दिएको छ । यो तपाईंको त हो तर तपाईको मात्र होइन । महाकालले तपाईंजस्तै अरुलाई पनि ल्याएको छ, उनीहरूलाई पनि तपाईंलाई जस्तै उपहार दिएको छ । त्यसैले यिनको सदुपयोग गर्नुस् । संरक्षण गर्नुस् । चाहिने जति लिनुस् । नचाहिने जति जस्ताको तस्तै छाडिदिनुस्, जसको उपभोग अरुले गर्नेछन् ।
तपाईंलाई महाकालले न चाहिनेभन्दा बढी लिने छुट दिएको छ, न बिगार्ने अधिकार नै । अन्यथा उसले रिसाएर दण्डित गर्नेछ । त्यसैले आफूलाई सन्तुलित राख्नु पनि पर्छ र आफ्नालाई सन्तुलनमा रहन दिनु पनि पर्छ । यसपछि केही गर्नै पर्दैन । समाज बदलिन्छ । धर्ती स्वर्ग बन्छ । यहीँबाट स्वर्गीय सुख पाइन्छ । यही नै समाज बदल्ने सूत्र हो ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...