सामाजिक सञ्जालमा चिट्ठा प-यो भनी ठगी गर्ने भारतीय र चिनियाँ नागरिक पक्राउ

बैशाख १०, २०७६

काठमाडौँ–नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले सङ्गठित रुपमा सामाजिक सञ्जालमा चिट्ठा प¥यो भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले फेसबुक, ह्वाट्सएप, भाइबर इमोलगायत सामाजिक सञ्जालको प्रयोग गरी रु ४० लाख ३९ हजार ठगी गर्ने भारत हरियाणाका ३९ वर्षीय अमित कुमार र चिनियाँ नागरिक वाङ हङछियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 


ADVERTISEMENT

ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले सामाजिक सञ्जालमार्फत चिट्ठा प¥यो भनेर विभिन्न बैंकमा पैसा जम्मा गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । “चिट्ठा ठगीका लागि नाइजेरियन, चिनियाँ र भारतीय नागरिकको संलग्न रहेकामा भारतीय नागरिक अमितको खातामा पैसा जम्मा गरी एकापसमा बाँडफाँट गरेर लिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । 

घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि नाइजेरियाली भने फरार रहेकाले खोजी  भइरहेको ब्यूरोले जनाएको छ । 
 

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार