×

NMB BANK
NIC ASIA

खेलकुद

सीएमए पढेपछि खेल्दाखेल्दै सेनामा जागिर, विश्व च्याम्पियन बन्ने लक्ष्य

बैशाख १४, २०७६

NTC
Premier Steels

काठमाडौं – गुणराज रुचाल (२६) नेपाली सेनाका जवान हुन् । तर उनी खेलाडीका रुपमा परिचित छन् ।

Muktinath Bank

उनी मुवाथाईका राष्ट्रिय खेलाडी हुन्, बक्सिङ, तेक्वान्दो, कराँतेमा पनि उत्तिकै अभ्यस्त छन् । आइकिडो र कराँतेमा ‘ब्ल्याक वेल्ट’ हुन् । रेस्लिङको रेफ्रीको रूपमा पनि सक्रिय छन् उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मार्सल आर्ट खेलमा आफूलाई फिजाएका गुणराज भन्छन्, ‘मानिसमा ईच्छाशक्ति हुनुपर्छ । हरेश नखाइकन निरन्तर मेहनत गर्ने हो भने एकदिन अवश्य सफल भइन्छ ।’


Advertisment
Nabil box
Kumari

गुणराजको सपना छ, विश्व च्याम्पियन बनेर देशको नाम अझ उँचो बनाउने ।

Vianet communication

ओखलढुंगाको सुनकोशी गाउँपालिका देवीटारमा जन्मिएका गुणराजमा एसएलसीपश्चात् डाक्टर बन्ने सोच पलाएको थियो । डाक्टर बनेर स्वास्थ्य सेवामा लाग्ने सोचले उनले जिल्लामै सीएमए अध्ययन गरे । 

सीएमए पास गरेर गाउँमै स्वास्थ्य संस्थामा केही महिना काम पनि गरे । अनि सीएमए भएर सरकारी जागिर खाने उद्देश्यका साथ लोकसेवा आयोगको तयारीमा लागे । तर अचानक उनको मन मोडियो । डाक्टर बन्ने सोच हराउँदै कराँते खेलाडी बन्ने सोच पलायो ।

गुणराज सम्झन्छन्, ‘एक दिन रेडियोको विज्ञापनमा छिमेकी गाउँमा कराँते तालिम हुन लागेको सुनेपछि सोच खेलाडी बन्नेतर्फ मोडियो ।’ लोकसेवा आयोगको तयारीलाई बीचमै छाडेर कराँते तालिम लिन छिमेकी गाउँ पुग्न थाले ।

‘कराँते सिक्न जान २ घण्टा लाग्थ्यो,’ स्मरण गर्दै थप्छन्, ‘पढाइ छोडेर खेलतर्फ लाग्दा गाउँमा मलाई सबैले खिसी गर्थे । तर म विचलिन नभइ कराँतेमा राम्रो गर्दै गएँ ।’ कराँतेमा आफ्नो राम्रो प्रस्तुतीले छोटो समयमै प्रशिक्षकको मन जित्न सफल भएको उनी बताउँछन् । 

त्यसपछि २०६९ सालमा उनी नेपाली सेनामा भर्ना भए । राम्रो खेलाडी बन्ने सोच उनको पहिलो प्राथमिकतामा थियो भने स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच मरेको थिएन ।

उनले खेललाई निरन्तरता दिँदै गए । २०७० सालमा ‘आईकिडो’ खेलको तालिम शुरू गरेर २०७१ सालमा धन गुरुङबाट ‘ब्ल्याक वेल्ट’ पाएको उनी बताउँछन् ।

त्यसपश्चात् उनको प्राथमिकताको खेलमा प¥यो मुवाथाई । उनले नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेश कक्षपतिसँग मुवाथाई तालिम शुरू गरे । उनले ३ वर्षअघि खेलमा एउटा सुनौलो अवसर पाए । त्यो थियो – थाईल्यान्डमा वर्ल्ड च्याम्पियनशिपमा भाग लिने अवसर । उनले थाइल्याण्डमा आफ्नो खेल कौशल देखाउने मौका पाए । 

राष्ट्रिय मुवाथाई संघबाट ‘मुवाथाई वेस्ट प्लेयर अफ द इयर २०१६’को अवार्ड प्राप्त गरे । सोही वर्ष उनले खेलका दायरालाई फराकिलो बनाउँदै रेस्लिङ खेल तालिममा पनि सहभागी भए ।

‘नेपालको पहिलो रेस्लर हिमालयन टाइगरसँग रेस्लिङको रेफ्री तालिम सिकेर रेस्लिङ खेलमा पनि सहभागी भए,’ उनी भन्छन्, ‘यता कराँते खेललाई पनि जारी राखे ।’

खेलमा गुणराजले एकपछि अर्को सफलता प्राप्त गर्दै गए । २ वर्षअघि कराँतेको ‘ब्ल्याक वेल्ट’ पास गरे । उनको अर्को सफलता थियो – गत वर्ष चितवनमा आयोजित भारत र नेपाल बीचको खेलमा भारतीय खेलाडीलाई हराउँदै गोल्ड मेडल जित्नु ।

‘चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत मेडल ग्रहण गर्दै सम्मानित भए । सोही वर्ष नै नेपाली सेनाका प्रधानसेनापतिबाट पनि प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भए,’ उनी खेलमा पाएको सफलता सुनाउँछन् । 

गत वर्ष नै नेपालमा आयोजित ‘प्रथम केब्याग इन्टरनेसनल मुवाथाई च्याम्पियनशिप २०१८’मा भारतीय खेलाडीलाई हराएर गोल्ड मेडल जितेको उनी बताउँछन् । गत वर्ष नै उनी नेपाल राष्ट्रिय मुवाथाई संघबाट दोस्रो पटक मुवाथाई वर्ष खेलाडीबाट सम्मानित भए । उनी बक्सिङ खेलाडी पनि हुन् ।

उनमा अर्को कला पनि छ ‘फायर स्टिक शो’ । जुन रातिको समयमा मनोरञ्जनका लागि लठ्ठीमा आगो बालेर नाच्ने कला हो । उनी भन्छन्, ‘यो मैले यू–टयुबबाट सिकेको हुँ । यो धेरै जोखिम कला हो ।’

गुणराज सबै मार्सल आर्ट खेललाई उत्तिकै सम्मान गर्छन् । उनी भन्छन्, ‘सबै मार्सल आर्ट खेलमा डिग्री हासिल गर्ने सोच छ । त्यस्तै विश्व च्याम्पियन बन्ने लक्ष्य लिएर अगाडि बढिरहेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x